back
CTIZAN AD

सुनसरीमा निर्वाचन गतिविधि तीव्र हँुदै

वि.सं.२०७४ जेठ ३१ बुधवार

990 

shares

३१ जेठ, इटहरी । दोस्रोचरण अन्तर्गत असार १४ गते हुने निर्वाचन सम्बन्धी गतिविधिले तीव्रता पाउन थालेको छ ।
राजनीतिक दलहरुले प्रमुख तथा उपप्रमुख र वडा अध्यक्षसहित सबै पदाधिकारी दलित एवम् महिलाको उम्मेदवारी चयन गरेपछि निर्वाचन सम्बन्धी गतिविधिले तीव्रता पाएको हो ।

चार लाख २१ हजार १५९ जना मतदाता रहेको सुनसरी जिल्लामा दुई उपमहानगर चार नगरपालिका र छवटा गाउँपालिका छन् । निर्वाचनमा यस जिल्लाबाट ६४४ जनप्रतिनिधि छानिएर आउनेछन् ।

केही दलले उम्मेदवार चयनमा ढिलाइ गरेकाले उम्मेदवारलाई प्रचारप्रसारमा हम्मेहम्मे परिरहेको पाइएको छ । हाल प्रचारप्रसारमा नेपाली काँग्रेस, राप्रपा, नेकपा (एमाले) र नेकपा –(माओवादी केन्द्र)ले आफ्नो चुनावी गतिविधिलाई तीव्रता दिइरहेका छन् ।

सबै राजनीतिक दलमा भएको ध्रुवीकरण र एकले अर्काको अस्तित्व स्वीकार नगर्ने एवम् विभाजनका कारण निर्वाचनमा प्रत्यक्ष असर पर्ने देखिएको छ ।

राजनीतिक विषयलाई थाँती राखेर उम्मेदवार भने हरेक मतदाताको घरदैलोमा पुगेर आफूलाई जिताउन मत माग्ने क्रमसंगै निर्वाचन आचारसंहिता उलङ्घन गर्ने क्रम पनि बढेको छ ।

सबै राजनीतिक दलले आ–आफ्नो वर्चश्व देखाउनका लागि शहर बजारमा आफूखुशी तुल, ब्यानर र झन्डा झुन्ड्याउने, भेस्ट तथा टोपीको प्रयोग गर्ने कामले प्रश्चय पाएको छ ।

उता राजपाले जनभावना बिपरित आन्दोलनको घोषणा गरेसँगै बन्द हडताललगायतका कार्यक्रम अघि बढाएपनि त्यसको प्रवाह नगरी ठूला राजनीतिक दलका नेता तथा समर्थक हुल बाँधेर समूह । समूहमा पार्टीको झन्डा र चुनाव चिन्ह लिएर घर दैलो पुग्ने होडबाजी बढीरहेको छ ।
कतिपय गाउँ तथा नगर र उपमहानगरस्तरीय प्रतिबद्धता पत्र जारी गर्दै काँगेस, एमाले, माओवादी र राप्रपाले मतदातालाई आफूतिर आकर्षण गर्ने अभियानले तीव्रता पाउन थालेकाले सर्वसाधारणको ध्यान चुनावमा केन्द्रीत बनेको छ ।

वि.सं.२०७४ जेठ ३१ बुधवार ०८:१२ मा प्रकाशित

मधेस प्रदेशमा आँप उत्पादनमा वृद्धि हुने

मधेस प्रदेशमा आँप उत्पादनमा वृद्धि हुने

जनकपुरधाम । मधेश प्रदेशमा यस वर्ष आँप उत्पादनमा वृद्धि हुने...

पौडी खेल्ने क्रममा बालक महाकालीमा बेपत्ता

पौडी खेल्ने क्रममा बालक महाकालीमा बेपत्ता

खलङ्गा (दार्चुला) । दार्चुलामा महाकाली नदीमा पौडी खेल्ने क्रममा एक...

यी हुन् राप्रपाले सांसदमा सिफारिस गरेका व्यक्ति

यी हुन् राप्रपाले सांसदमा सिफारिस गरेका व्यक्ति

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत...

धुलिखेल-खावा खण्डमा आवागमन रोकेर स्तरोन्नति गरिँदै

धुलिखेल-खावा खण्डमा आवागमन रोकेर स्तरोन्नति गरिँदै

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा सवारीसाधानलाई रोक लगाई...

अध्यक्ष दाहालद्वारा समवेदना व्यक्त

अध्यक्ष दाहालद्वारा समवेदना व्यक्त

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का...

भद्रपुरबाट दुई अर्ब ७० करोड बढी राजस्व सङ्कलन

भद्रपुरबाट दुई अर्ब ७० करोड बढी राजस्व सङ्कलन

भद्रपुर (झापा) । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको...