back
CTIZAN AD

शान्ताले गीतमार्फत सोधिन् ‘के छ खबर युएसतिरको’

वि.सं.२०७४ जेठ ३१ बुधवार

765 

shares

bimal-dangiनेपाली लोक संगीत क्षेत्रका बहुचर्चित लोकदोहोरी गायक बिमल डाँगी र सरिता डाँगीको सुमधुर आवाजमा गीतकार कवियत्री शान्ता अधिकारी घिमिरेको मर्मस्पर्सी लोकदोहोरी गीत ” के छ खबर यू. यस. तिरको”बजारमा आएको छ ।

बिमल डाँगीको उत्कृष्ट लय र कवियत्री शान्ता अधिकारी घिमिरेको मार्मिक शब्द सृजनामा बजारमा आएको गीतलाई विन्ध्यवासिनी म्यूजिक प्रालिले बजार ब्यबस्थापन गरेको छ।

चर्चित मोडल सारिका केसी र गौतम महेन्द्रको उत्कृष्ट अभिनयमा तयार भएको म्यूजिक भिडियोको छायांकन भने राजेश घिमिरेले गरेका हुन् । कपिल लामाको उत्कृष्ट निर्देशनमा तयार भएको गीतको म्यूजिक भिडियोको सम्पादन सुजन साहीले गरेका हुन् ।

वि.सं.२०७४ जेठ ३१ बुधवार १२:०० मा प्रकाशित