back
CTIZAN AD

हारेको बिवेकशिल माझ रन्जुले पाएको लहरको भोट

वि.सं.२०७४ जेठ ३१ बुधवार

846 

shares

sunil-mani-dahalविवेकशील नेपाली दलवाट रन्जु दर्शना काठमाडौँ महानगरपालिकाको मेयरको उम्मेदवार चयन हुंदा उनको चर्चासर्वत्र चुलियो। काठमान्डौवाशीका लागि छिटो, छरितो तथा प्रभावकारी ढङ्गले सेवा प्रदान गर्ने लक्ष्य राखीसंसारको एक सुन्दर सहर वनाउने सपनामा नेतृत्व गर्न उर्जाशील युवा पुस्ता नै सबैभन्दा उपयुक्त हुने भएकोलेरन्जुलाई चयन गरिएको विवेकशील नेपाली दलले स्पष्टिकरण दिएको थियो ।

मेयर पदमा रन्जुको उम्मेदवारीको घोषणा पस्चात उनको उमेर र अनुभवलाई लिएर काठमान्डौ महानगरको चावी दिन नसकिने तर्क धेरैले राखे। धेरै अविभावकहरुले प्रश्न तेर्स्याए – ‘हाम्रा छोरा छोरीले आफु सुतेको कोठा त मिलाउन सक्दैनन भने कसरी रन्जुले बिशाल काठमान्डौ लाई सझाउन सक्छिन’?

दलले तयार गरेको काठमाडौँलाई जनताको लागि काम गर्ने संसारकै सुन्दर सहर बनाउने परिकल्पना तयार मा स्नातक तहमा अध्ययनरत २१ वर्षकी रन्जु सक्रिय भएको उनको पार्टि विवेकशिलले जानकारी गराएको थियो ।काठमाडौँलाई कसरी सुन्दर सहर बनाउने भन्ने रन्जुको सपना चुनावी दौडका क्रममा युवाहरू विच लोकप्रिय पनिभयो। आफ्नो चुनावी नाराले युवा वर्गलाई आकर्षण गर्न सफल रन्जुले आफ्नो सपनालाई वौद्दिक वर्ग विच वॉडन भने सफल हुन सकिनन् । वौद्दिक वर्गले रन्जुलाई विश्वास गर्न सकेन। रन्जुले काठमान्डौ महानगरवाट सम्मानजनक भोट त पाईन, तर जित्न भने सकिनन् ।

रन्जुले काठमान्डौ महानगरवाट पाएको सम्मानजनक भोटलाई आ-आफ्नो पाराले विश्लेषण गर्दै धेरैले भावुक हुदै भने- २१ वर्षकी रन्जुले जितेर पनि हारिन।

समय -समयमा काठमान्डौ मात्र नभएर सिड्गो नेपाल नै यस्तो भावुकता र लहडमा वग्ने गरेको इतिहास हामी सवैले वुझेका छौ। पंचायतकालमा नानी मैंया दाहाललाई जिताउने र वहुदलकालमा कृष्ण प्रसाद भट्टराईलाई हराउने पनि काठमान्डौवाशी नै थिए।

चुनावमा हार र जित अपरिहार्य छ। हार र जित दुवैका कारण र पाटाहरू हुन्छन। कोहि लोकप्रिय हुदा हुदै पनि हारेका छन भने कोहि अलोकप्रिय ठानिएकाहरूले जितेर देखाएका छन। वहुदल कालमा नेपाली कॉंग्रेसका संस्थापक अध्यक्ष कृष्ण प्रसाद भट्टराई लोकप्रिय हुदा हुदै काठमान्डौको सांसदको चुनावमा हारेका थिए भने वहुदलको उत्तरार्धमा आएर जनतामाझ अलोकप्रिय मानिएका विजय कुमार गच्छदार र खुम वहादुर खडकाले आ-आफ्नो जिल्लाको चुनावी क्षेत्रवाट चुनाव जितेका थिए।

मलाई लाग्दछ रन्जुले करिव २०-२५ वर्ष सम्मका युवाहरूको ‘लहरको पपुलर भोट’ पाईन। लहरको पपुलर भोट एक हुरी सरह आउछ, केहि नोक्सान गर्छ र केहि समय पश्चात शान्त हुन्छ। रन्जुले पाएको भोट एउटा छोटो हुरी सरह नै हो जुन स्थायी र दिगो नहुन सक्ने संभावना धेरै छ।

उता, विवेकशिल झै लगभग समान विचार लिने साझा पार्टिवाट मेयरका उम्मेदवार परिपक्क र अनुभवी ठानिएका किशोर थापाले काठमान्डौवाट ‘ठोस पपुलर भोट’ प्राप्त गरेको अनुमान गरिन्छ । उनले स्वतन्त्र वुद्दिजिवी वर्ग लगायत कॉंग्रेस र एमालेका केहि वुद्दिजिवी वर्गवाट समेत सम्मानजनक ठोस पपुलर भोट पाएको अनुमान गरिएको छ। यदि थापाले ठोस भोट पाएका हुन भने यसको प्रभाव पछी सम्म स्थायी र दिगो रहन सक्छ।

यी दुई उम्मेदवारहरू विच रन्जुले लहरको भोट पाईन भने थापाले ठोस भोट पाए । यहि नै यी दुई मेयरका उम्मेदवारमा मुलभूत फरक देखिन्छ।

काठमान्डौको मेयर पदको निर्वाचनमा बिवेकशिलले विबेक नपुर्याउदा हार बिबेकशिलको भएको छ भने क्षणिक जितको लहर  रन्जुले हात पारेकी छीन ।

विवेकशिलको उदेश्य सफा र प्रष्ट देखिन्छ। तर, के यी नै कुराले काठमान्डौ महानगर जस्तो नेपालकोराजधानिको चावी रन्जु दर्शना जस्तो कलिलो युवालाई सुम्पने विवेकशिलको निर्णय सहि र विवेकी थियो? योवहसको विषय हुन सक्ला र विवेकशिल आफैले भविष्यको रणनितिका लागी विचार विमर्श पनि गर्ला।

अवको दिनमा रन्जुले काठमान्डौ महानगरमा स्याडो मेयरको भूमिका निर्वाह गर्ने विवेकशिलले जनाएको छ । एकै पटक टुप्पामा पुग्ने प्रयास घातक हुने विवेकशिलले राम्ररी वुझेको हुनु पर्दछ। विवेकशिलले रन्जु जस्ता अन्य युवाहरूलाई गाउं, शहरका टोल स्तरमा ईन्टर्रनशिप गराई उनीहरूको क्षमता अभिव्रिद्दि गराउदै आगामी निर्वाचनको तयारी कार्य शुरू गर्नु पर्दछ । यसका लागी एकैचोटि मेयर जस्तो ठूलो जिम्मेवारी भएको पदका लागी नभएर गाउं टोल स्तरिय सदस्य, अध्यक्षवाट कार्य शुरू गरी युवा जनशक्तिको विकास गर्दै उर्जाशील युवापुस्तालाई देश विकासमा सहभागी गराउन उनीहरूको भरपुर सदुपयोग गर्न सक्नु पर्दछ।

वि.सं.२०७४ जेठ ३१ बुधवार १२:२४ मा प्रकाशित

हेटौंडा कपडा उद्योग एक वर्षमै ‘सेतो हात्ती’ बन्न सक्ने भन्दै पूर्व प्रशासकको सरकारलाई सुझाव

हेटौंडा कपडा उद्योग एक वर्षमै ‘सेतो हात्ती’ बन्न सक्ने भन्दै पूर्व प्रशासकको सरकारलाई सुझाव

न्यौपानेका अनुसार हेटौंडा कपडा उद्योगसँगै विगतमा बन्द भएका अन्य सरकारी...

१२ वर्ष देखी नेपाली फुटबल खेलेका आइभरी कोस्टका खेलाडीको स्वदेश फर्किन सहयोगको अपिल

१२ वर्ष देखी नेपाली फुटबल खेलेका आइभरी कोस्टका खेलाडीको स्वदेश फर्किन सहयोगको अपिल

काठमाडौँ । नेपाली फुटबलमा विगत १२ वर्षदेखि सक्रिय रहेका आइभरी...

गैरआवासीय नेपालीलाई नागरिकसरह समान अधिकार दिन आग्रह गर्दै निर्मल पुर्जाले लेखेका थिए स्टाटस

गैरआवासीय नेपालीलाई नागरिकसरह समान अधिकार दिन आग्रह गर्दै निर्मल पुर्जाले लेखेका थिए स्टाटस

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा रहेको ८,०५१ मिटर अग्लो...

What Nepal Can Learn from China’s Agricultural Transformation

What Nepal Can Learn from China’s Agricultural Transformation

When people think about China's agricultural transformation, they often imagine...

जिम्बु थकाली रेष्टुरेन्टले गुरुग्राममा शाखा सञ्चालनमा ल्याउँदै

जिम्बु थकाली रेष्टुरेन्टले गुरुग्राममा शाखा सञ्चालनमा ल्याउँदै

जिम्बु थकाली रेष्टुरेन्टले भारतको हरियाणा राज्यस्थित गुरुग्राममा आफ्नो पहिलो अन्तर्राष्ट्रिय...

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...