back
CTIZAN AD

आज मंगलबार : तपाईंको राशिफल कस्तो छ ?

वि.सं.२०८२ माघ ६ मंगलवार

657 

shares

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज कार्यक्षेत्रमा सक्रियता बढ्ने दिन हो । सोचेर चालिएका कदम सफल बन्न सक्छन् । नयाँ जिम्मेवारी आउन सक्छ । आत्मविश्वास मजबुत रहनेछ । परिवारको साथले मन हलुका हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आर्थिक पक्षमा सावधानी अपनाउनुपर्ने दिन हो । अनावश्यक खर्चबाट जोगिनु राम्रो हुन्छ । धैर्यका साथ अघि बढ्दा कामकाजमा स्थिरता आउनेछ । स्वास्थ्यमा सामान्य थकान महसुस हुन सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज कुराकानी र सम्पर्कबाट लाभ मिल्ने दिन हो । नयाँ सूचना वा प्रस्ताव प्राप्त हुन सक्छ । बौद्धिक काममा सफलता मिल्ने संकेत छन् । बोलीमा संयम राख्दा विवाद टर्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
भावनात्मक रूपमा संवेदनशील दिन हो । घरपरिवारसँग समय बिताउँदा मानसिक शान्ति मिल्नेछ । कामकाजमा सामान्य प्रगति हुनेछ । मनलाई सकारात्मक राख्ने प्रयास गर्नुहोस् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कार्य क्षेत्रमा मान–सम्मान बढ्ने दिन हो । नेतृत्वदायी भूमिकामा सफलता मिल्न सक्छ । आत्मविश्वास बढे पनि अहंकारबाट टाढा रहनु उपयुक्त हुन्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
परिश्रम बढ्ने दिन हो । साना कुरामा अल्झनु पर्ला तर धैर्यले काम गर्दा परिणाम राम्रो आउनेछ । स्वास्थ्य र आराममा ध्यान दिनु आवश्यक छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
सम्बन्धमा सन्तुलन कायम राख्नुपर्ने दिन हो । दाम्पत्य जीवनमा समझदारी बढ्नेछ । आर्थिक निर्णय सोचविचार गरेर लिनु राम्रो हुन्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मन अलि गम्भीर रहन सक्छ । गोप्य कुरा गोप्य नै राख्नु उपयुक्त हुन्छ । धैर्य र विवेक अपनाउँदा परिस्थिति अनुकूल बन्दै जानेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
नयाँ अवसर र सकारात्मक समाचार पाउने दिन हो । यात्रा वा भेटघाट लाभदायक बन्न सक्छ । आत्मविश्वास बढ्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
जिम्मेवारी बढ्ने दिन हो । कामकाजमा स्थिरता आउनेछ । वरिष्ठ व्यक्तिको सल्लाह उपयोगी बन्नेछ । धैर्यका साथ अघि बढ्नुहोस् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
नयाँ सोच र सिर्जनशीलताले मन उत्साहित रहनेछ । सामाजिक काममा सक्रियता बढ्नेछ । मित्रहरूको सहयोग मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आध्यात्मिक र भावनात्मक पक्ष बलियो रहने दिन हो । मन शान्त रहनेछ । खर्च बढ्न सक्छ तर आवश्यक काममै हुनेछ ।

२०८२ माघ ६ गते, मंगलबार
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

वि.सं.२०८२ माघ ६ मंगलवार ०७:३४ मा प्रकाशित

अखिल(क्रान्तिकारी)द्वारा विद्यार्थी पक्राउको रिहाइको माग

अखिल(क्रान्तिकारी)द्वारा विद्यार्थी पक्राउको रिहाइको माग

काठमाडौं। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले त्रिभुवन...

विद्युत् नियमन आयोगको अध्यक्षमा पुन डा. रामप्रसाद धिताल नियुक्त

विद्युत् नियमन आयोगको अध्यक्षमा पुन डा. रामप्रसाद धिताल नियुक्त

काठमाडौं। ऊर्जा क्षेत्रका विज्ञ डा. रामप्रसाद धिताल खुला प्रतिस्पर्धामार्फत पुनः...

‘फेरि एउटै चौतारीमा भेट्नैपर्छ’ भन्दै कटु अभिव्यक्ति नदिन चन्द्र भण्डारीको अपिल

‘फेरि एउटै चौतारीमा भेट्नैपर्छ’ भन्दै कटु अभिव्यक्ति नदिन चन्द्र भण्डारीको अपिल

काठमाडौं। नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा र...

देश संयोगले होइन, दूरदृष्टिले बन्छ :राजेश हमाल

देश संयोगले होइन, दूरदृष्टिले बन्छ :राजेश हमाल

काठमाडौं। अभिनेता राजेश हमालले राष्ट्र निर्माण र देशको विकास संयोग,...

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै...

करदातालाई खुसी पारेर कर उठाउने बतावारण बनाउन कर प्रशासकहरूसँग अर्थमन्त्रीको आग्रह

करदातालाई खुसी पारेर कर उठाउने बतावारण बनाउन कर प्रशासकहरूसँग अर्थमन्त्रीको आग्रह

काठमाडौं, साउन ७ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले करदातालाई त्रसित...