back
CTIZAN AD

मिथिलाञ्चलमा आज ‘हलो र गोरु पूजा’

वि.सं.२०८२ माघ ९ शुक्रवार

363 

shares

जलेश्वर(महोत्तरी) । नेपाल र भारतको मिथिलाञ्चल क्षेत्रमा आज हलो गोरु पूजा गरिएको छ । प्रत्येकवर्ष झै श्रीपञ्चमीको अवसर पारेर महोत्तरी जिल्लासहित सम्पूर्ण मिथिलाञ्चका किसानले आजका दिन आ–आफ्ना हलो र गोरुको पूजा गर्दै हलो गोरु पूजा मनाइरहेका छन् ।

परम्परागत रूपमा यहाँ किसानले आजका दिनलाई कृषि कार्यको सुरुआत मान्दै आजका दिन हलो र गोरुको पूजा गर्दै आएको जलेश्वर नगरपालिका– ५ का संस्कृतिविद् ध्रुव झाले बताए । मिथिलाञ्चलका किसानले आ––आफ्ना आँगनमा गाईको गोबरले लिपपोत गरेर, फूलमाला, अक्षेता, अबीर, चामल, लड्डुलगायतका वस्तुसहित आँगनमा हलो राखेर पूजाआजा गर्नेछन् । यस्तै, घर बाहिर गोरुलाई नुहाइ नयाँ रङ्गीचङ्गी डोरी लगाएर पूजा गर्ने गरेको जलेश्वर नगरपालिका– ८ का पण्डित बद्रीनारायण झाले बताए ।

किसानले हलो र गोरुको पूजा गरिसकेपछि नजिकैको खेतमा लगेर एकछिन जोत्ने चलन रहेको जलेश्वर–८ कै अर्का पण्डित अनिल पाठकले बताए । आजका दिन धेरै किसानले नयाँ किनेको गोरुलाई पहिलो पटक खेत जोत्न लगाउने तथा बाछोबाट गोरुको रूपमा तयार भइसकेकालाई आजका दिनबाटै गोरु बनाउने चलन रहेको छ ।

किसानले आजका दिन हलोमा धार लगाउने, कोदालो धारिलो पार्ने तथा हँसिया र खुर्पासहितको कृषि औँजारलाई नयाँ धार लगाएर एकछिन प्रयोगमा ल्याउने प्रचलनसमेत रहेको छ । श्रीपञ्चमीको अवसरमा किसानले अरवा चावलमा सख्खर मिलाएर एक किसिमको कृषिप्रसाद तयार पार्दछन् भने हलो र गोरुको पूजा गरेर एकआपसमा अबीर दल्ने तथा प्रसाद वितरण गर्ने गरेका छन् ।

वि.सं.२०८२ माघ ९ शुक्रवार १३:२० मा प्रकाशित

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

महोत्तरी । महोत्तरीका स्थानीय तहले एकपछि अर्को गर्दै पछिल्लो साता...

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्ला । गए राति सिमकोट गाउँपालिका–७ का महेन्द्रबहादुर शाहीको तीनतले...

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

काठमाडौं । नेपाल–भारत सीमा विवादका विषयमा सामाजिक सञ्जालमा चर्चित अभिनेता...

ट्रेड यूनियन अधिकारको विषय उठाउन जेटियुसिसीको टोली जेनेभा जाँदै

ट्रेड यूनियन अधिकारको विषय उठाउन जेटियुसिसीको टोली जेनेभा जाँदै

काठमाडौं । जेटियुसिसीले ट्रेड युनियन अधिकारको विषयमा आवाज उठाउन भोलि...

जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान

जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान

काठमाडौँ । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनका...