back

कविता : ओली काका जिन्दावाद

वि.सं.२०८२ माघ १० शनिवार

372 

shares

हिरा भट्ट ‘बदमास नम्बर दुई’
पञ्चेश्वर–६, बैतडी

कुस्मा बेनी भिरभिर हुँदै पोखरा जान्छ रेल
भ्रष्टाचारी मुख अलप छन् देशमा छैन जेल
बोको ब्यायो अब मुलुकमा के कुरो ब्याउने हो
ओली काका भन अब नयाँ के कुरो ल्याउने हो
।१।

कर्णालीमा तुइन नहुँदा चल्छ पानीजहाज
हुर्की अग्लो रुख मरिचको फल्न थालेछ आज
राँगो ब्यायो अब मुलुकमा के कुरो ब्याउने हो
ओली काका भन अब नयाँ के कुरो ल्याउने हो
।२।

धारा खोल्दा अब घरघरै पाइपे ग्यास झर्छ
हावाबाटै झलल बिजुली गाउँमा रश्मि छर्छ
साँढे ब्यायो अब मुलुकमा के कुरो ब्याउने हो
ओली काका भन अब नयाँ के कुरो ल्याउने हो
।३।

खोलाजस्तै सबतिर बग्यो देशमा रोजगारी
मस्ती गर्दै सकल जनता डुल्दछन् सिन्धुपारि
मत्ता ब्यायो अब मुलुकमा के कुरो ब्याउने हो
ओली काका भन अब नयाँ के कुरो ल्याउने हो
।४।

लेख्दालेख्दै जब कलममा हास्यले हाम फालिन्
हाँस्दै होलान् कवि र कविता भारती हाँस्न थालिन्
भाले ब्यायो अब मुलुकमा के कुरो ब्याउने हो
ओली काका भन अब नयाँ के कुरो ल्याउने हो
।५।
छन्द : मन्दाक्रान्ता
गण : म – भ – न – त – त – गु – गु
गण सङ्केत : SSS – SII – III – SSI –  SSI – S – S

वि.सं.२०८२ माघ १० शनिवार ०९:२५ मा प्रकाशित

Himalayan Life AD
लघुकथाः अर्थोक

लघुकथाः अर्थोक

धुर्व मधिकर्मी ऊ व्यापारी हो । त्यसैले व्यापार त गथ्र्यो...

झिल्का कविता

झिल्का कविता

भेष राज बञ्जाडे बुटवल –१३, रुपन्देही १. राख फोटो एउटा...

चारु

चारु

पशपती राई हलेशी तुवाचुङ – ५, खोटाङ लोकतन्त्रको परिभाषा नेपालीले...

सुसेली

सुसेली

पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’ पनौती न.पा–३,काभ्रे १. च्वास्स भनेर पोल्यो मन...

गजल

गजल

डिल्लीराज घिमिरे (सङ्गम) भूमिकास्थान – ९, अर्घाखाँची चर्चा बटुल्न शासक...