back
CTIZAN AD

लघुकथाः अर्थोक

वि.सं.२०८२ माघ १० शनिवार

822 

shares

धुर्व मधिकर्मी

ऊ व्यापारी हो । त्यसैले व्यापार त गथ्र्यो नै, अर्थोक पनि गथ्र्यो ।

एकदिन उसले शहरमा एउटा भव्य मन्दिर बनाउने घोषणा गर्यो। धर्मको कार्य गर्ने खबरले धर्मावलम्बीहरु सा¥है खुशी भए ।

ऊ व्यापारको काममा त व्यस्त थियो नै अब मन्दिर बनाउने थप कार्यमा पनि बडो लगनशील भएर जुट्यो ।

मन्दिर बनाउन स्थान चयन ग¥यो । विद्यालयको लागि भए एकछिन विचार गर्नुपथ्र्यो होला तर मन्दिर बनाउने भएपछि स्थानीय जनताले पनि राम्रै सहयोग गरे । प्रशासनले सजिलै स्वीकृति दियो । बाहिरबाट आवश्यक सामान मगाउन सम्बन्धित ठाउँबाट विशेष छुटको सुविधा पनि प्राप्त भयो । धर्मको काम भएकोले अझ बढी सहयोग र सुविधा जुट्यो ।

ऊ आफ्नै खर्च र पहलमा सामान मगाउँदै मन्दिरको निर्माण गर्न थाल्यो । उसको सक्रियता, धर्मप्रतिको आस्था र मन्दिर निर्माणार्थ मगाएको सामान देखेर मान्छेहरु अभिभूत हुँदै उसको प्रशंसा गर्न थाले । साथै मन्दिर भव्य हुने कल्पना पनि गर्दै थिए ।
००
यता मन्दिर बनाउने घोषणा गरेर काम थालेदेखि उता उसको व्यापार दिन दुगुना रात चौगुनाको दरले फस्टाउन थाल्यो । दिनभर ऊ मन्दिरको काममा यताउता धाउन, सामान ल्याउन व्यस्त हुन्थ्यो । रात रातभर आफ्नो व्यापार र लेनदेन गथ्र्यो ।

मन्दिर बन्दै थियो । मान्छेहरु आउँथे, प्रशंसा गर्थे र मन्दिरको भव्यताको अनुमान गदैै , धार्मिक भावनाले ग्रस्त हुँदै नतमस्तक भएर फर्कन्थे ।
यता मन्दिर बन्दै थियो भने मन्दिरकै कृपाले उता उसले आफ्नो लागि पनि सानो टहरो निर्माण शुरु गर्यो ।

एकातिर भगवान्को लागि मन्दिर अर्कोतिर उसको लागि टहरो बन्दै थियो ।

धेरैको आँखामा भगवान्को मन्दिर थियो भने थोरैको आँखामा मात्र उसको टहरो थियो ।

एकदिन भव्य मन्दिरको निर्माण पूरा भयो ।

मन्दिर पूरा भएको अवसरमा उसले मूर्तिको प्रतिस्थापन गर्दै एक समारोहको आयोजना ग¥यो । शहरका सबै गन्यमान्यदेखि सर्वसाधारण भेला गरेर प्रसाद वितरण गर्यो। समारोहपछि मान्छेहरु भव्य मन्दिरको भन्दा भव्य समारोहको प्रशंसा गर्दै फर्के ।
००
भव्य मन्दिर सँगसँगै जसो निर्माण भएको उसको सामान्य टहरो भने हतपती सिद्धिएन ।

जुन दिन त्यो सामान्य टहरोको निर्माण पूरा भयो , त्यसदिन उ
सले खास खास एवं केही विशिष्ट व्यक्तिहरु बोलाएर एउटा सानो कार्यक्रम गर्यो ।

ती मान्छेहरु उसको सानो कार्यक्रम मात्र होइन सामान्य टहरो देखेर समेत अचम्भित थिए । कारण भव्य भनिएको मन्दिर दुई तल्ले टहरो जस्तो थियो भने सामान्य भनिएको उसको टहरो कुनै अट्टालिका भन्दा कम थिएन ।
००

 

 

वि.सं.२०८२ माघ १० शनिवार ११:१० मा प्रकाशित

तृषित मन’ हाइकु /सेन्यु सङ्ग्रहको लोकार्पण

तृषित मन’ हाइकु /सेन्यु सङ्ग्रहको लोकार्पण

काठमाडौँ । कविताको लघुतम रूप हाइकु र सेन्यु नेपाली साहित्यमा...

चारु

चारु

दिपक पनेरु, ईश्वरपुर ४, सर्लाही, सागरनाथ भन्थ्यौ छोड्छु जिद्दीपन त्यो...

सुसेली

सुसेली

सुशील आचार्य तारकेश्र्वर ५ , काठमाडौँ १ जिन्दगी कस्तो सधैं...

गजल

गजल

सुधिर थापा, कुपण्डोल, ललितपुर खुसी बन्दै झुम्याै कस्तो तिमी मेरै...

गजल

गजल

बीके मुखिया,वाङदे, दार्जिलिङ,भारत प्यारमा वाचा गऱ्यौ सब बहानाझैँ भयो प्रेम...

गजल

गजल

धनसिंह गिरि,दाङ जुन मनुज छन् काव्य रच्ने कल्पनामा छन् खुसी...