back
CTIZAN AD

लघुकथाः अर्थोक

वि.सं.२०८२ माघ १० शनिवार

903 

shares

धुर्व मधिकर्मी

ऊ व्यापारी हो । त्यसैले व्यापार त गथ्र्यो नै, अर्थोक पनि गथ्र्यो ।

एकदिन उसले शहरमा एउटा भव्य मन्दिर बनाउने घोषणा गर्यो। धर्मको कार्य गर्ने खबरले धर्मावलम्बीहरु सा¥है खुशी भए ।

ऊ व्यापारको काममा त व्यस्त थियो नै अब मन्दिर बनाउने थप कार्यमा पनि बडो लगनशील भएर जुट्यो ।

मन्दिर बनाउन स्थान चयन ग¥यो । विद्यालयको लागि भए एकछिन विचार गर्नुपथ्र्यो होला तर मन्दिर बनाउने भएपछि स्थानीय जनताले पनि राम्रै सहयोग गरे । प्रशासनले सजिलै स्वीकृति दियो । बाहिरबाट आवश्यक सामान मगाउन सम्बन्धित ठाउँबाट विशेष छुटको सुविधा पनि प्राप्त भयो । धर्मको काम भएकोले अझ बढी सहयोग र सुविधा जुट्यो ।

ऊ आफ्नै खर्च र पहलमा सामान मगाउँदै मन्दिरको निर्माण गर्न थाल्यो । उसको सक्रियता, धर्मप्रतिको आस्था र मन्दिर निर्माणार्थ मगाएको सामान देखेर मान्छेहरु अभिभूत हुँदै उसको प्रशंसा गर्न थाले । साथै मन्दिर भव्य हुने कल्पना पनि गर्दै थिए ।
००
यता मन्दिर बनाउने घोषणा गरेर काम थालेदेखि उता उसको व्यापार दिन दुगुना रात चौगुनाको दरले फस्टाउन थाल्यो । दिनभर ऊ मन्दिरको काममा यताउता धाउन, सामान ल्याउन व्यस्त हुन्थ्यो । रात रातभर आफ्नो व्यापार र लेनदेन गथ्र्यो ।

मन्दिर बन्दै थियो । मान्छेहरु आउँथे, प्रशंसा गर्थे र मन्दिरको भव्यताको अनुमान गदैै , धार्मिक भावनाले ग्रस्त हुँदै नतमस्तक भएर फर्कन्थे ।
यता मन्दिर बन्दै थियो भने मन्दिरकै कृपाले उता उसले आफ्नो लागि पनि सानो टहरो निर्माण शुरु गर्यो ।

एकातिर भगवान्को लागि मन्दिर अर्कोतिर उसको लागि टहरो बन्दै थियो ।

धेरैको आँखामा भगवान्को मन्दिर थियो भने थोरैको आँखामा मात्र उसको टहरो थियो ।

एकदिन भव्य मन्दिरको निर्माण पूरा भयो ।

मन्दिर पूरा भएको अवसरमा उसले मूर्तिको प्रतिस्थापन गर्दै एक समारोहको आयोजना ग¥यो । शहरका सबै गन्यमान्यदेखि सर्वसाधारण भेला गरेर प्रसाद वितरण गर्यो। समारोहपछि मान्छेहरु भव्य मन्दिरको भन्दा भव्य समारोहको प्रशंसा गर्दै फर्के ।
००
भव्य मन्दिर सँगसँगै जसो निर्माण भएको उसको सामान्य टहरो भने हतपती सिद्धिएन ।

जुन दिन त्यो सामान्य टहरोको निर्माण पूरा भयो , त्यसदिन उ
सले खास खास एवं केही विशिष्ट व्यक्तिहरु बोलाएर एउटा सानो कार्यक्रम गर्यो ।

ती मान्छेहरु उसको सानो कार्यक्रम मात्र होइन सामान्य टहरो देखेर समेत अचम्भित थिए । कारण भव्य भनिएको मन्दिर दुई तल्ले टहरो जस्तो थियो भने सामान्य भनिएको उसको टहरो कुनै अट्टालिका भन्दा कम थिएन ।
००

 

 

वि.सं.२०८२ माघ १० शनिवार ११:१० मा प्रकाशित

फोनको घण्टी

फोनको घण्टी

बस्, अहिले त एउटा घरको कोठामा बैश सकिएका श्रीमान् र...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...