back
CTIZAN AD

झिल्का कविता

वि.सं.२०८२ माघ १० शनिवार

1.2K 

shares

भेष राज बञ्जाडे
बुटवल –१३, रुपन्देही

१.
राख फोटो एउटा
नीरस लाग्दा हेरौली
तिम्रो मनको देउता ।

२.
नपार अहिले लोकाचार
भेट्न आउँदा फेरि
नगर्नू नि तिरस्कार ।

३.
खाँदैन कि कटक्कै
ढुङ्गाको त्यो मन
गर्दिनौ फोन पटक्कै ।

४.
आउँछु खर्च जोरेर
जाउँला बजार सँगसँगै
बसे कपाल कोरेर ।

५.
तिम्ले धोको फेरौली
मोबाइल एउटा किनौँला
त्यसैमा फोटा हेरौली ।

६.
बास्न थाल्यो भाले
चार बज्न नपाउँदै
बाउले खोक्न थाले ।

७.
राति निद्रा लाउँदैन
बर्बराउँछन् बाउ रोगले
कामको मेसो आउँदैन ।

८.
भान्साबाट आवाज आयो
यस्तो कसले पु¥याउँछ
यतातिर मुटु खायो ।

९.
मन भयो भारी
बिदाई गर्दा अहिले
कहिले हुन्छ सवारी ?

१०.
चुलो त्यसै बल्दैन
भएन विदेश नगई
आदर्शले काम चल्दैन ।

वि.सं.२०८२ माघ १० शनिवार १०:५४ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...