back
CTIZAN AD

सुसेली

वि.सं.२०८२ माघ १० शनिवार

2K 

shares

पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’
पनौती न.पा–३,काभ्रे

१.
च्वास्स भनेर
पोल्यो मन भत्भती
आगो बनेर!

२.
कृति छर है
कुरा मात्रै नगर
काम गर है ।

३.
कुरा छाँटेर
रित्तो पेट भरिन्न
सधैँ ढाँटेर ।

४.
नङ्ग चाहिन्छ
ताछेर खानलाई
ढङ्ग चाहिन्छ ।

५.
सेतै हिमाल
स्वर्ग जस्तै सुन्दर
हाम्रो नेपाल ।

६.
खाल्डो नखन
तिमी आफैं परौला
झुट्टो नबन ।

७.
खोली तिरैमा
फूल रैछ सुन्दर
लाउँ शिरैमा ।

८.
प्रीत लाएर
खेलौन त जुहारी
गीत गाएर ।

९.
हरियो बन
संरक्षण गरौँ है
सबैको धन ।

१०.
छैन तबर
सत्य तथ्य पाइन्न
खोज खबर ।

वि.सं.२०८२ माघ १० शनिवार १०:४६ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...