back

कविता : सभ्य नारी

वि.सं.२०८२ माघ १० शनिवार

423 

shares

कृष्णप्रसाद पौडेल ‘जस्ताघरे’
बट्टार, नुवाकोट

सर्व नारी पोख्न सक्छन् शिल्प जुक्ती जाँगर ।
रोक्न सक्छन् ती नराम्रा भ्रष्ट बानी आखिर ।।
धर्न सक्छन् बुद्धि उम्दा गर्न सक्छन् साधना ।
सभ्य नारी गर्न सक्छन् देश हाँस्ने सिर्जना ।। १

शारदा राधा उमाझैँ सर्व नारी नम्य हुन् ।
शक्तिका आदर्शका ती सभ्यताका मूल हुन् ।।
आजका नारीहरूले शुद्ध पारून् भावना ।
सभ्य नारी गर्न सक्छन् देश बोक्ने सिर्जना ।। २

ढङ्ग चाला कर्म राम्रा धर्दछन् नारी भने ।
बोधमा सन्मार्गमा ती व्यस्त छन् ज्यादा भने ।।
गर्न सक्छन् ती विकासे दीप बाल्दै प्रार्थना ।
सभ्य नारी गर्न सक्छन् देश आँक्ने सिर्जना ।। ३

खट्दछन् छोरी बुहारी गेहमा सिङ्गो देशमा ।
एकतामा जुट्न सक्छन् मातृ दुर्गा भेषमा ।।
मातृका छोरी वधूका छन् अनौठा वन्दना ।
सभ्य नारी गर्न सक्छन् देश बन्ने सिर्जना ।। ४

साथ पाए आज नारी बन्न सक्छन् मालिका ।
साँच्चिकै नारी भवानी बन्न सक्छन् चण्डिका ।।
आज नारी तुच्छ ठान्ने त्यो नहोस् है गर्जना ।
सभ्य नारी गर्न सक्छन् देश हाँक्ने सिर्जना ।। ५

छन्द : मेनका
गण : र – त – म – य – र
सङ्केत :SIS –  SSI  –  SSS  – ISS  – SIS

विश्राम : ८ र ७ मा = १५ अक्षर

वि.सं.२०८२ माघ १० शनिवार ०९:५३ मा प्रकाशित

Himalayan Life AD
लघुकथाः अर्थोक

लघुकथाः अर्थोक

धुर्व मधिकर्मी ऊ व्यापारी हो । त्यसैले व्यापार त गथ्र्यो...

झिल्का कविता

झिल्का कविता

भेष राज बञ्जाडे बुटवल –१३, रुपन्देही १. राख फोटो एउटा...

चारु

चारु

पशपती राई हलेशी तुवाचुङ – ५, खोटाङ लोकतन्त्रको परिभाषा नेपालीले...

सुसेली

सुसेली

पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’ पनौती न.पा–३,काभ्रे १. च्वास्स भनेर पोल्यो मन...

गजल

गजल

डिल्लीराज घिमिरे (सङ्गम) भूमिकास्थान – ९, अर्घाखाँची चर्चा बटुल्न शासक...