back
CTIZAN AD

किसानलाई आलु भित्राउन भ्याइन-भ्याई ‘बिक्री गर्न बजारको समस्या छैन’

वि.सं.२०८२ माघ १७ शनिवार

552 

shares

मन्थली (रामेछाप) । सुनकोशी गाँउपालिका–३ स्थित झाङङ्गाझोली, बोहोरेटार र गणेश स्थान क्षेत्रका फाँटमा लगाइएको आलु भित्र्याउन र पुनः रोप्न यहाँका किसानलाई भ्याइनभ्याइ परेको छ ।

रामेछापको खाडादेवी गाँउपालिकाको सिमानामा रहेको सुनकाशी नदी पारी पर्ने सिन्धुली जिल्लास्थित ती फाँटका किसान बर्खे धान भित्र्याएर कार्तिक र मङ्सिर महिनामा लगाएको दुई महिने आलु हिजोआज खन्ने र पुनः रोप्न व्यस्त भएका हुन् । स्थानीयवासी ठेटराज चौलागाइँ हाल आलु लागाइएको फाँटबाटै प्रतिकिलो २० देखि २५ रुपैयासम्ममा बिक्री गर्ने गरेको बताउछन् ।

यी फाँटहरु विपी राजमार्ग क्षेत्रभित्र पर्ने भएकोले किसानले उत्पादन गरेको आलुको बजारको समस्या नभएपछि यहाँका किसानले गत वर्षदेखिनै ब्यवसायिक रूपमा आलु खेती गर्दै आइरहेका छन् ।आलु खेती नगर्दा यसअघि दुईदेखि तीन बालि मात्र हुने गरेको भएपनि दुई पटक आलु रोप्ने र भित्र्याउने गर्दा वर्षमा चार बली यहाँका कृषकले भित्र्याउने गरेको स्थानीय दुर्गाप्रसाद आचार्य बताउछन् ।

गाँउपालिकाले यस क्षेत्रलाई आलु जोनका रूपमा विकास गर्दै विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको सुनकोशी गाँउपालिकाका उपाध्यक्ष कपिल कोइरालाले जानकारीदिए ।

वि.सं.२०८२ माघ १७ शनिवार ०७:४२ मा प्रकाशित

प्रदेशको समानुपातिक नतिजाः नयाँको उदयले पुराना दबाबमा

प्रदेशको समानुपातिक नतिजाः नयाँको उदयले पुराना दबाबमा

काठमाडौँ । समानुपातिकतर्फको पछिल्लो मत परिणामअनुसार सातै प्रदेशको नतिजा सार्वजनिक...

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन : राष्ट्र बैंक

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन : राष्ट्र बैंक

वीरगञ्ज (पर्सा) । नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले...

मृतकको पहिचान खुल्यो

मृतकको पहिचान खुल्यो

महेन्द्रनगर । कञ्चनपुरमा जीप र मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएका...

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

लुम्बिनी। विश्व मिर्गाैला दिवसका अवसरमा बुटवलमा आज सचेतनामुलक साइकल ¥याली...

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

सिरहा । यहाँको धनगढीमाई नगरपालिका—१३, ढुङ्गा टोलका आँपका बगैँचा यतिबेला...

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

महेन्द्रनगर । पुर्व–पश्चिम राजमार्गको महेन्द्रनगर–दैजी खण्डमा बुधबार दिउँसो जिप र...