back
CTIZAN AD

प्रचण्ड र ओलीलाई चुनावी तालमेल गर्न भटराईको आग्रह

वि.सं.२०८२ माघ १८ आइतवार

3.1K 

shares

वरिष्ठ बामपंथी नेता तथा पुष्पलाल अध्ययन समाजका अध्यक्ष लोककृष्ण भटराईले प्रचण्ड र ओलीलाई चुनावी तालमेल गर्न आग्रह गरेका छन् ।

पुष्पलाल अध्ययन समाजका अध्यक्ष भटराईद्धारा जारी बिज्ञप्तिमा देशको बिषम र जटिल अवस्था आकलन गर्दै नेपाली कम्युनिष्ट पार्टी, नेकपा एमाले र निर्वाचनमा भाग लिने सबै बामपंथी समुहलाई चुनावी तालमेलको आग्रह गरिएको हो ।
जारी बिज्ञप्तिमा भनिएको छ ‘देश अहिले लगभग निर्वाचनको संघारमा छ । नेपाली जनताको आशा र बिश्वास बोकेको बामपंथी शक्ति बिभाजित अवस्थामा छ । राष्ट्रियता, जनतन्त्र र जनजीवीकाका प्रश्न संबोधन भएका छैनन् । भदौ २३ र २४ को अप्रत्याशित जेन्जी आन्दोलनपछि लोकतन्त्र, कानूनी शासन र मानवीय मूल्यमान्यताका कैयौ सवालमा उठाईएका सवाल उस्तै छन् । यहि अवस्थाको जगमा बिकसित पछिल्लो राजनैतिक वातावरण निर्वाचनमय हुँदैछ ।

भ्रष्टाचार, बेथीति र कुशासनको बिरोधका नाममा देशले सहन गरेको क्षति र मनोबिज्ञान समिक्षाको पाटोमै छ । जनतालाई जागरुक बनाउने र नया बिकल्पहरु खोज्ने नाममा पश्चिमा साम्राज्यवादीहरु र दक्षिणका बिस्तारवादीले उपभोग गरेका मिलीभगतकारीहरुको अस्वभाविक हर्कत बढ्दो छ । संसारका पछिल्ला दृश्यहरुको भयावह तस्विर हाम्रा अगाडी पनि उभिएको छ । यो अवस्थामा आ–आफना बिचार, सिद्धान्त, मान्यता र दलगत पहिचानलाई सम्मान गर्दै संपुर्ण बामपंथी शक्तिको एकता थप अनिवार्य बन्न पुगेको छ ।

देशको सार्वभौमिकता सृदृढ गर्न, जनताको गास, बास, कपास तथा शिक्षा, स्वास्थ ररोजगारलाई सहि रुपमा ब्यबस्थापन गर्नमा भएका कमजोरी महशुस गर्दै ब्यक्तिवादी, परिवारवादी सोच र अहंकारलाई टाढा राखेर देश र जनताको हितमा ऐक्यबद्ध हुने समय यहि भएकाले खास गरी नेपाली कम्युनिष्ट पार्टी, नेकपा एमाले सहित निर्वाचनमा सहभागी सबै बामपंथी तथा कम्युनिष्ट शक्तिहरुलाई एक हुन अनुरोध गर्दछौ । मुलुकमा हुने बिषम तथा जटिल परिस्थीति र संभावित संकटलाई आकंलन गर्दै निर्वाचनमा आवश्यक तालमेल (समझदारीमा उम्मेदवारीको निस्क्रियता र समर्थन) का लागि तत्काल वातावरण बनाउन मुख्य नेताहरु, बाम अभियन्ताहरु तथा बौद्धीक समुदायमा बिशेष आग्रह गर्दछौ ।’

 

वि.सं.२०८२ माघ १८ आइतवार १३:४० मा प्रकाशित

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ त कारोबार ?

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ त कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि...

आज पहाडी जिल्लामा होली: सार्वजनिक बिदासहित रङ्गको उत्सव

आज पहाडी जिल्लामा होली: सार्वजनिक बिदासहित रङ्गको उत्सव

काठमाडौं। पहाडी जिल्लामा आज रंगहरूको पर्व होली हर्षोल्लासका साथ मनाइँदै...

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

प्रतिनिधिसभा निर्वाचन ३ बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

प्रतिनिधिसभा निर्वाचन ३ बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

काठमाडौँ । निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा जानकारी गराउने...

आज माघ १८ गते सोमबारको राशिफल: कस्लाइ कस्तो फल ?

आज माघ १८ गते सोमबारको राशिफल: कस्लाइ कस्तो फल ?

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अअध्ययनमा...

को हुन् त बालेन ? जनताको रोजाइमा किन परे ?

को हुन् त बालेन ? जनताको रोजाइमा किन परे ?

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका निवर्तमान मेयर तथा झापा क्षेत्र नं।–...