back
CTIZAN AD

एकाघरका दाजुभाइले पाए पहिलोपटक आमाको नामबाट नागरिकता

वि.सं.२०८२ माघ १९ सोमवार

441 

shares

चितवन । चितवनका दुई युवाले आमाको नामबाट नागरिकता पाएका छन् । खैरहनी नगरपालिका–५ का निश्चल चौधरी र शङ्कर चौधरीले आमाको नामबाट नागरिकता पाएका हुन् ।

आमा निशा महतो (चौधरी) को नामबाट दुई युवाले नागरिकता प्राप्त गरेका हुन । उनीहरुलाई प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले नागरिकता प्रदान गरेका हुन् । नागरिकता ऐन र नियमावलीमा पछिल्लो संशोधनपछि जिल्लामा पहिलो पटक आमाको नामबाट नागरिकता प्रदान गरिएको हो । उनले भने “महतो आँखा नदेख्ने भएकाले कर्मचारीको सक्रियतामा दाजुभाइलाई नागरिकता दिइएको हो ।” बाबुको सम्पर्क नभएकाले आमाले रेखदेख गर्दै आएका छोराछोरीलाई पहिलो पटक नागरिकता दिन पाउँदा आफू र आफ्ना कर्मचारीको टोली हर्षित भएको उनले बताए ।

नागरिकता दिँदै उनले भने, “आमाको ख्याल गर्नु । आफ्नो लक्ष्यबाट पछि नहट्नु ।” नागरिकता पाएपछि दुई भाइले अब आँफुहरु पनि नेपाली नागरिक भएको भन्दै खुसी व्यक्त गरे ।

आमाको नामबाट नागरिकता पाउनु आफ्ना लागि महत्वपूर्ण क्षण भएको उनीहरुले बताए । उनीहरुले क्रमशः २४ र २० वर्षको उमेरमा नागरिकता पाएका हुन् ।

वि.सं.२०८२ माघ १९ सोमवार १०:५६ मा प्रकाशित

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

काठमाडौं । यामाहा मोटर कम्पनीले हरेक वर्ष जुलाई १ लाई...

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत...