back
CTIZAN AD

कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा

वि.सं.२०८२ माघ १९ सोमवार

501 

shares

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले कर्णाली प्रदेशमै पहिलो पटक १३२ केभी प्रसारण लाइन सञ्चालनमा ल्याएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गतको कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा आएसँगै उक्त प्रदेशको आर्थिकवृद्धिमा मद्दत पुग्ने विश्वास गरे ।

उनले विगतमा ३३ केभी क्षमताको प्रसारण लाइनबाट कर्णाली प्रदेशमा विद्युत् आपूर्ति भइ ओभरलोड हुने, छिनछिनमा बत्ती गइरहने र लो–भोल्टेजको समस्यामा उल्लेख्य सुधार हुने बताउनुभयो । आयोजनाको सञ्चालनसँगै कर्णालीमा ठूला उद्योगधन्दा सुरु हुने र उनीहरुले सबैभन्दा बढी विद्युत् उद्योगमा खर्च हुन सक्ने उनको भनाइ छ ।

पुसको तेस्रो साता स्थलगत अवलोकन गरेर कार्यकारी निर्देशक शाक्यले आयेजनाबाट छिटो चार्ज गराउने गरी काम गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका थिए । आयोजनाका प्रमुख रविकुमार चौधरीले करिब ५२ किलोमिटर लामो कोलपुर–सुर्खेत खण्डको काम प्राधिकरणले दिएको जिम्मेवारीबमोजिम छिटो सम्पन्न गर्न सम्भव भएकोे बताए । अब दोस्रो खण्डको सुर्खेत–दैलेख खण्डको काम तिव्र गतिमा अघि बढ्ने उनले जानकारी दिए ।

वि.सं.२०८२ माघ १९ सोमवार ११:१८ मा प्रकाशित

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

काठमाडौं । यामाहा मोटर कम्पनीले हरेक वर्ष जुलाई १ लाई...

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत...