back
CTIZAN AD

एनआईसी एशिया बैंकद्वारा सात प्रदेशका ७५ जनालाई छात्रवृत्ति

वि.सं.२०८२ माघ २१ बुधवार

771 

shares

काठमाडौँ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सातै प्रदेशका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयहरुमा अध्ययनरत गरिब तथा विपन्न, पिछडिएका वर्ग तथा अपाङ्गगता भएका जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने सूचना प्रकाशित गरे बमोजिम बैंकले छात्रवृत्ति प्रदान गर्न सुरु गरेको छ ।

बैंकले काठमाडौं उपत्यका बाहिरको सरकारी तथा सामुदायिक विद्यालयमा कक्षा ६ देखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरुबाट आएका आवेदनहरुबाट छनौट गरी ७५ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको हो ।

बैंकले सातै प्रदेशमा सरकारी तथा सामुदकायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको प्रतिनिधित्व हुनेगरी छात्रवृत्तिको लागि आवेदन आह्वान गरेको थियो । विगतका वर्षहरुमा पनि बैंकले सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्नुका साथै सातै प्रदेशका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण गरी पुस्तकालय स्थापना गरिसकेको छ ।

सरकारी तथा सामुदायिक विद्यालयहरुमा अध्ययनरत गरिब तथा विपन्न, पिछडिएका वर्ग तथा अपाङ्गगता भएका जेहेन्दार विद्यार्थीहरुलाई प्रदान गरिएको यस छात्रवृत्तिले वहाँहरुको शैक्षिक गुणस्तर बढ्नुको साथै व्यक्तित्व विकास तथा आफ्नो अध्ययनलाई निरन्तरता दिन सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

 

वि.सं.२०८२ माघ २१ बुधवार १७:२८ मा प्रकाशित

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

ओस्लो, नर्वे । नेपालमा बाढी–पहिरोबाट प्रभावित परिवारका लागि नर्वेमा रहेका...

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

काठमाडौं । बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले विद्यार्थी संगठन...

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

काठमाडौं । रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता...

रसुवा सडक सञ्जालमा पुनः जोडियो

रसुवा सडक सञ्जालमा पुनः जोडियो

काठमाडौं । टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड सञ्चालनमा आएको छ।...

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

काठमाडाैँ । गत बुधवार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण...