back
CTIZAN AD

अब टाटा टियागो इभी मात्र २४.९९ लाखमा

वि.सं.२०८२ माघ २५ आइतवार

669 

shares

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रा.लि.ले प्रेमको उत्सव ‘भ्यालेन्टाइन डे’ लाई लक्षित गर्दै आफ्नो चर्चित विद्युतीय कार टियागो इभीमा विशेष अफर सार्वजनिक गरेको छ।

‘द पर्फेक्ट म्याच’ थिममा आधारित यस योजना अन्तर्गत ग्राहकहरू टियागो इभी आकर्षक मूल्यमा खरिद गर्न सक्नेछन्। कम्पनीले यसअघि २७.४९ लाख रुपैयाँ बजार मूल्य रहेको टियागो इभीलाई भ्यालेन्टाइन डे अफर अन्तर्गत सीमित अवधिका लागि मात्र २४.९९ लाख रुपैयाँ कायम गरेको छ।

यो सबै नंया टियागो इभिमा लागु हुनेछ। नयाँ प्रविधि र आधुनिक जीवनशैली सुहाउँदो सवारी साधन रोज्न चाहने ग्राहकहरूका लागि यो योजना एउटा उत्कृष्ट अवसर हुने कम्पनीको विश्वास छ।

विशेष गरी सहरको भिडभाडमा सहज यात्रा सुनिश्चित गर्ने र कम सञ्चालन खर्चका कारण टियागो इभी युवा पुस्ता र नयाँ जोडीहरू माझ लोकप्रिय बन्दै गएको छ। टाटा टियागो इभी आफ्नो प्रिमियम फिचर्स, सहरका सडकका लागि उपयुक्त साइज र उत्कृष्ट कार्यक्षमताका कारण नेपाली बजारमा निकै रुचाइएको मोडल हो।

सिप्रदीका अनुसार यो विशेष मूल्य आगामी फेब्रुअरी १४ सम्म मात्र लागू हुनेछ। इच्छुक ग्राहकहरूले नेपालभर रहेका टाटा मोटर्सका शोरुमहरूमा गई यस अफरको लाभ लिन सक्नेछन्।

वि.सं.२०८२ माघ २५ आइतवार ११:२० मा प्रकाशित

त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि सुरुङको मुख खोल्ने प्रयास

त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि सुरुङको मुख खोल्ने प्रयास

रसुवा । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको...

अलपत्र यात्रुको उद्धारका निःशुल्क यातायात सुरु

अलपत्र यात्रुको उद्धारका निःशुल्क यातायात सुरु

काठमाडाौँ । काठमाडौँ महानगरपालिकाले बाढीग्रस्त क्षेत्रमा अलपत्र रहेका यात्रुहरुको स्थलमार्गबाट...

राहत सामग्री काठमाडौँ प्रशासनको एकद्वार प्रणालीमार्फत वितरण गर्ने

राहत सामग्री काठमाडौँ प्रशासनको एकद्वार प्रणालीमार्फत वितरण गर्ने

काठमाडौँ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले रसुवा, नुवाकोट र धादिङका...

काठमाडौं देखि मुग्लिङसम्मको सडकखण्ड पूर्ण रुपमा सुचारु

काठमाडौं देखि मुग्लिङसम्मको सडकखण्ड पूर्ण रुपमा सुचारु

काठमाडौं । बाढी तथा पहिरोका कारण केही दिनदेखि प्रभावित बनेको...

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

कास्की । पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी...

भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती

भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले भोटेकोशी बाढी प्रभावित...