back
CTIZAN AD

ब्रिटिस काउन्सिल नेपालद्धारा उत्कृष्ट साझेदारको घोषणा

वि.सं.२०८२ माघ २५ आइतवार

711 

shares

काठमाडौं । ब्रिटिस काउन्सिल नेपालले ग्लोवल च्यानल पार्टनर क्याम्पेन २०२५ अन्तर्गत नेपालमा आइइएलटिएसका लागि महत्वपूर्ण योगदान गरेका साझेदारहरुलाई सम्मान गर्दै ५ फेब्रुअरी २०२६ मा उनीहरुको सहभागितामा उत्कृष्ट साझेदारको घोषणा समारोह सफलतापूर्वक आयोजना गरेको छ ।

नेपालमा आइइएलटिएस प्रवद्र्धन गर्न गरिएको साझेदारी र कार्यसम्पादनका लागि उत्कृष्ट योगदान गरेका साझेदार संस्थाहरुलाई सम्मान गर्न आयोजित समारोहमा अग्रणी शैक्षिक परामर्श संस्था (कन्सल्टेन्सी) र सम्वन्धित क्षेत्रका प्रतिनिधिहरु सहभागी भएका थिए । सो समारोहमा नेपाली युवा विद्यार्थी र व्यवसायिक व्यक्तिलाई अन्तर्राष्ट्रिय स्तरको शिक्षा र करिअर विकासको अवसर दिलाउन ब्रिटिस काउन्सिल नेपालले गरेका विभिन्न कार्यका उपलव्धिलाई उत्सवको रुपमा मनाइएको थियो ।

१ अगस्ट २०२५ देखि ३१ जनवरी २०२६ सम्म सञ्चालित अभियानका क्रममा योगदान गरेका उत्कृष्ट १० साझेदारलाई सम्मान गरिएको छ ।
ब्रिटिस काउन्सिलको आइइएलटिएस पार्टनर समिट २०२५ का अवसरमा ग्लोवल च्यानल पार्टनर क्याम्पेन २०२५ को औपचारिक घोषणा गरिएको थियो । राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यता दिने उद्देश्यसहित अभियानले नेपालस्थित हाम्रा साझेदारको उत्कृष्ट योगदानलाई कदर गर्ने लक्ष्य राखेको छ ।

लन्डनमा गरिने विश्वव्यापी सम्मान

आगामी मार्च २३ देखि २७ सम्म लन्डनमा आयोजना हुन लागेको ग्लोवल च्यानल पार्टनर मिट–अप र अवार्ड समारोहमा विश्वभरका उत्कृष्ट साझेदारसहित नेपालबाट चयन भएका विजेतालाई सम्मान गरिनेछ । लन्डनमा हुने समारोहमा विश्वव्यापी सम्मान प्राप्त गर्ने नेपाली साझेदार संस्थाहरु निम्न अनुसार छन् स्

उत्कृष्ट कार्यसम्पादन गर्ने साझेदारको सम्मान
विश्वव्यापी अवार्ड विजेता बाहेक ब्रिटिस काउन्सिल नेपालले ग्लोवल च्यानल पार्टनर क्याम्पेन २०२५ अन्तर्गत निम्न लिखित उत्कृष्ट संस्थाहरुलाई सम्मान गरेको छ ।
समारोहमा बोल्दै ब्रिटिस काउन्सिल नेपालकी परीक्षासम्बन्धी राष्ट्रिय निर्देशक प्रतिष्ठा थापा रायमाझीले भनिन्–“ब्रिटिस काउन्सिलको आइइएलटिएसप्रति इमान्दारिता, गुणस्तरियता र प्रतिवद्धतासहित निरन्तर रुपमा योगदान गरेका साझेदार संस्थाहरुलाई सम्मान गरिरहँदा ग्लोवल च्यानल पार्टनर क्याम्पेनले आइइएलटिएस सञ्चालनका लागि तय भएका उच्च मापदण्डलाई कायम राख्ने हाम्रो संस्थागत प्रतिवद्धतालाई प्रतिविम्वित गरेको छ ।

यस अभियानमा सम्मानित हाम्रा साझेदार संस्थाहरुले आइइएलटिएसको परीक्षामा विश्वव्यापी मापदण्ड कायम राख्न उत्कृष्ट कार्य गरेका छन् । उनीहरुको सम्मानबाट नेपालमा आइइएलटिएसका साझेदारहरुको सञ्जालका सबल पक्ष र उत्कृष्ट कार्य गर्ने हाम्रो संयुक्त प्रतिवद्धतालाई उजागर गरेको छ ।”
बिजनेश डेभल्पमेन्ट प्रमुख सुदर्शन सुवेदीले भने–“ हाम्रा साझेदार संस्थाहरुले आइइएलटिएसको पहुँच विस्तार र अन्र्तराष्ट्रिय शिक्षाप्रति नेपालको अभिलाषा र चाहनालाई सहयोग गर्न महत्वपूर्ण योगदान गरेका छन् । ग्लोवल च्यानल पार्टनर क्याम्पेन २०२५ मार्फत् हामीले कार्यसम्पादनलाई अन्र्तराष्ट्रिय पहुँचसँग जोडेका छौं ।

आज सम्मानित साझेदार संस्थाहरुले लन्डनमा आयोजना हुने ब्रिटिस काउन्सिलको ग्लोवल अवार्ड समारोहमा विश्वका अन्य उत्कृष्ट साझेदार संस्थासँगै सहभागिता जनाउनेछन् । साथै, त्यहाँ विश्वविद्यालय र आइइएलटिएससम्बन्धी ब्रिटिस काउन्सिलको टोलीसँग आपसी संवादसहित एक साता लामो कार्यक्रममा सहभागी हुने अवसर प्राप्त गर्नेछन् । यसबाट हाम्रा साझेदार संस्थाको क्षमता वृद्धि गर्न, विश्वका विभिन्न देशमा भएका असल अभ्यास आपसमा आदान–प्रदान गर्न र आगामी दिनमा नेपालमा आइइएलटिएस सञ्चालनलाई थप प्रभावकारी बनाउन सहयोग पुग्नेछ ।

वि.सं.२०८२ माघ २५ आइतवार ११:११ मा प्रकाशित

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...