back
CTIZAN AD

सिटिजन्स बैंकद्वारा “MAN–Citizens Aspiring Manager Award” प्रदान

वि.सं.२०८२ माघ २५ आइतवार

723 

shares

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडद्वारा “MAN–Citizens Aspiring Manager Award” पुरस्कार वितरण गरिएको छ। आइतबार, माघ २५ गते, २०८२ मा काठमाडौँमा आयोजित कार्यक्रममा यस वर्षको “MAN–Citizens Aspiring Manager Award” श्री गौरव उप्रेती ज्यूलाई प्रदान गरिएको हो।

उक्त पुरस्कार नेपाल व्यवस्थापन संघ (MAN) को राष्ट्रिय व्यवस्थापन सम्मेलनमा माघ २४ गते, शनिबार घोषणा गरिएको थियो। पुरस्कार सम्माननीय प्रधान न्यायाधीश श्री प्रकाश मान सिंह राउतबाट प्रदान गरिएको हो। यस पुरस्कारको छनोट प्रक्रियामा सिटिजन्स बैंक, पूर्वाञ्चल विश्वविद्यालय र नेपाल व्यवस्थापन संघ (MAN) का पदाधिकारीहरू सम्मिलित समिति रहेको थियो।

“MAN–Citizens Aspiring Manager Award” ले नेपालको म्यानेजमेन्ट शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको र यसले भविष्यका म्यानेजमेन्ट पेशेवरहरूलाई प्रोत्साहित गर्ने विश्वास बैंकले लिएको छ।

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र नेपाल व्यवस्थापन संघ (MAN) बीच गत वर्ष एम.बि.ए. तहमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई सम्मान तथा प्रोत्साहन गर्ने उद्देश्यले “MAN–Citizens Aspiring Manager Award” स्थापना गर्ने सम्झौतामा हस्ताक्षर गरिएको थियो। यस सम्झौता अनुसार प्रत्येक वर्ष पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत एम.बि.ए. मा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई ५०,००० रुपैयाँको पुरस्कार प्रदान गरिनेछ।

विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द इयर २०२४ र २०२५ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले यस अघि फोनपे सँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ। हालसालै बैंकले नवयुवा लक्षित बचत खाता “सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट” र “सिटिजन्स डिजि बैंक सेवा” नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ।

फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष “फ्रिलान्सर सेभिङ्स अकाउन्ट” नामक नयाँ बचत खाता सुरु गरेको बैंकले नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र आइ.आर.एन नम्बर सेवा लिन सकिने सुविधा लगायत क्यास बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यु आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने सुविधा समेत ल्याएको छ।

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले देशभर ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ८२ वटा शाखा रहित बैंकिङ इकाइहरूबाट १९ लाख ६६ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ।

 

वि.सं.२०८२ माघ २५ आइतवार ११:४२ मा प्रकाशित

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

ओस्लो, नर्वे । नेपालमा बाढी–पहिरोबाट प्रभावित परिवारका लागि नर्वेमा रहेका...

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

काठमाडौं । बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले विद्यार्थी संगठन...

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

काठमाडौं । रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता...

रसुवा सडक सञ्जालमा पुनः जोडियो

रसुवा सडक सञ्जालमा पुनः जोडियो

काठमाडौं । टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड सञ्चालनमा आएको छ।...

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

काठमाडाैँ । गत बुधवार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण...