back
CTIZAN AD

स्कटल्यान्डले इटालीलाई दियो २०८ रनको चुनौती

वि.सं.२०८२ माघ २६ सोमवार

594 

shares

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट प्रतियोगितामा स्कटल्यान्डले इटालीलाई जितका लागि २०८ रनको लक्ष्य दिएको छ ।

भारतको कोलकतास्थित इडेन गार्डेनमा जारी खेलमा ‘टस’ हारेर पहिला ‘ब्याटिङ’को निम्तो पाएको स्कटल्यान्डले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै २०८ रनको योगफल बनाएको हो । स्कटल्यान्डका लागि जर्ज मुल्सेले सर्वाधिक ८४ रनको योगदान दिए । उनले ५४ बलमा १३ चौका र दुई छक्का प्रहार गर्दै ८४ रन जोडेका हुन् ।

त्यसैगरी ब्रेन्डन म्याकमुलेनले अविजित ४१ रन जोडे भने माइकल जोन्सले ३७ रन बनाए । त्यस्तै माइकल लिस्कले २२ रन जोड्दा रिची बेरिङ्टनले १५ रन बनाए । इटाली अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

स्कटल्यान्ड र इटाली नेपाल रहेको समूह ‘सी’मा रहेका छन् । नेपालको समूहमा यी टोलीसँगै वेस्टइन्डिज र इङ्ल्यान्ड पनि समावेश छन् ।

विश्कपमा स्कटल्यान्डको यो दोस्रो खेल हो । यसअघि स्कटल्यान्ड वेस्ट इन्डिजसँग पराजित भएको थियो । त्यस्तै इटालीको भने यो पहिलो खेल हो । समूह ‘सी’अन्तर्गत हिजो भएको खेलमा नेपाल इङ्ल्यान्डसँग चार रनले पराजित भएको थियो ।

वि.सं.२०८२ माघ २६ सोमवार १४:१६ मा प्रकाशित

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट...

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत शफिकुर रहमानले नेपाल र...

बोराभित्र महिलाको शव फेला

बोराभित्र महिलाको शव फेला

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र बाँधेर...

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

काठमाडौं । सरकारले शासकीय सुधारलाई प्राथमिकतामा राख्दै आफ्ना सय बुँदे...