back
CTIZAN AD

रसुवामा सडक तथा पूर्वाधारको गुणस्तर सुनिश्चित गर्न प्रयोगशाला परीक्षण

वि.सं.२०८२ माघ २९ बिहीवार

495 

shares

रसुवा । जिल्लाभित्र निर्माणाधीन सडक तथा पूर्वाधारको गुणस्तर सुनिश्चित गर्न जिल्लामा निर्माण सामग्रीको प्रयोगशाला परीक्षण सुरुआत गरिएको छ । जिल्लाको पूर्वाधार विकास कार्यालयले धुञ्चेमा आधुनिक परीक्षण उपकरण स्थापना गर्दै यस्तो व्यवस्था लागू गरेको हो । यसबाट जिल्लाका सडक निर्माणलाई दिगो, भरपर्दो र भविष्यसम्म उपयोगी बनाउने विश्वास गरिएको छ ।

कार्यालयका अनुसार जडान गरिएका उपकरणमार्फत गिट्टी, बेस, ग्राभेल र ृृकालोपत्रलगायत निर्माण सामग्रीको वैज्ञानिक परीक्षण गर्न सकिनेछ । यसअघि यस्ता परीक्षणका लागि बाहिरी जिल्लामा निर्भर रहनुपर्ने अवस्था थियो । अब जिल्लामै परीक्षण सम्भव भएपछि निर्माण प्रक्रियामा पारदर्शीता र गुणस्तर दुवै बढ्ने जनाइएको छ ।

कार्यालय प्रमुख रवीन मर्हजनले पाँचजना दक्ष प्राविधिक परीक्षण कार्यमा खटिएको जानकारी दिँदै उपकरण जडानपछि निर्माण कम्पनी वा उपभोक्ता समितिले सामग्रीको मात्रा वा गुणस्तरमा कुनै छलकपड गर्न नसक्ने अवस्था सिर्जना भएको बताउनुभयो । उहाँका अनुसार परीक्षणका लागि आवश्यक सामग्री भिजाउने पोखरीसमेत निर्माण गरिएको छ, जसले प्रयोगशाला पूर्ण रूपमा सञ्चालनयोग्य बनेको छ ।

विसं २०८१ भदौमा स्थापना भएको कार्यालयले छोटो अवधिमै उल्लेखनीय प्रगति गरेको छ । हालसम्म नमूनाका रूपमा तीन दशमलव ३६५ किमी नयाँ सडक ट्र्याक खोल्ने, तीन दशमलव ४७८ किमी सडक ढलान गर्ने, दस दशमलव ६३८ किमी सडक कालोपत्र गर्ने तथा बीस दशमलव ४७ किमी सडकमा ग्राभेल गर्ने काम सम्पन्न भइसकेको कार्यालयले जनाएको छ । यी उपलब्धिले कार्यालयको कार्यदक्षता र प्राविधिक टोलीको सक्रियता झल्किएको जनाइएको छ ।

स्थानीयवासीले गुणस्तरीय पूर्वाधार विकासले रसुवालाई नमूना जिल्ला बनाउने अपेक्षा व्यक्त गरेका छन् । कार्यालयले कुन क्षेत्रमा कस्तो पूर्वाधार आवश्यक छ भन्ने विषयमा प्राविधिक टोलीले स्थलगत अध्ययनलाई पनि प्राथमिकता दिएको जनाएको छ ।

यस पहलले प्राविधिकको मनोबल अझ उच्च बनाएको छ । गुणस्तर परीक्षण प्रणालीको सुरुआतसँगै अब रसुवामा निर्माण हुने सडक तथा संरचना थप टिकाउ, सुरक्षित र विश्वासयोग्य हुने विश्वास गरिएको छ ।

वि.सं.२०८२ माघ २९ बिहीवार १३:३९ मा प्रकाशित

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...