back
CTIZAN AD

पाथीभरा दर्शनपछि चुनावी परामर्शमा प्रधानमन्त्री कार्की

वि.सं.२०८२ फागुन १ शुक्रवार

336 

shares

फुङ्लिङ (ताप्लेजुङ) । प्रधानमन्त्री सुशीला कार्कीले ताप्लेजुङमा अवस्थित पाथीभराको दर्शन गरेकी छन् । आज पाथीभराको दर्शन गरेर जिल्लास्थित मुख्य निर्वाचन अधिकृतस्थित स्थानीय सुरक्षा प्रमुखसँग निर्वाचनबारे परामर्श गरेकी छन् ।

आज ताप्लेजुङ आएकी प्रधानमन्त्री कार्कीले फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका विषयमा परामर्श गरेकी हुन् । ताप्लेजुङका मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश विकास श्रेष्ठसहित जिल्लाको सुरक्षा प्रमुखसँग प्रधानमन्त्री कार्कीले निर्वाचनबारे परामर्श गरेकी छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको ताप्लेजुङ जिल्ला अदालतमा प्रधानमन्त्री कार्कीले परामर्श गर्दै चुनावी वातावरणबारे जानकारी लिएकी हुन् । दक्षिणपूर्वमा भारतको सिक्किम र उत्तरतर्फ चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको ताप्लेजुङमा रहेका अति संवेदनशील र संवेदनशील मतदानस्थलमा सुरक्षा व्यवस्था मजबुत बनाउन कार्कीले निर्देशन दिइन् ।

उनले संवेदनशीलसँगै सम्भावित हुलदङ्गा हुने मतदानस्थलका लागि सुरक्षा व्यवस्था मिलाउनसमेत निर्देशन दिएकी छन् । परामर्श कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंले जिल्लाको सुरक्षा स्थिति, मतदानस्थल र केन्द्रसहित निर्वाचन वातावरणबारे प्रधानमन्त्री कार्कीसमक्ष अवगत गराएको बुझिएको छ ।

प्रधानमन्त्री कार्कीले ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शनसमेत गरेकी छन् । बिहान ८ बजे ताप्लेजुङ आइपुगेकी प्रधानमन्त्री कार्कीले सुरुमा पाथीभरा दर्शन गरेको र त्यसपछि सदरमकाम फुङ्लिङमा मुख्य निर्वाचन अधिकृतसहित सुरक्षा निकायका प्रमुखसँग परामर्श तथा छलफल गरेकी हुन् ।

वि.सं.२०८२ फागुन १ शुक्रवार १७:४६ मा प्रकाशित

Himalayan Life AD
आज काठमाडौंका यी स्थानमा बिजुली कटौती हुने

आज काठमाडौंका यी स्थानमा बिजुली कटौती हुने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा बिजुली...

सब–इन्जिनियरको हत्यामा दोषीलाई कारबाही गर्न पेशागत महासंघ नेपालको माग

सब–इन्जिनियरको हत्यामा दोषीलाई कारबाही गर्न पेशागत महासंघ नेपालको माग

काठमाडौं । पेशागत महासंघ नेपालले सब–इन्जिनियर प्रमोद यादवको हत्या प्रकरणमा संलग्न...

निर्वाचन १३ दिन बाँकी, मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्

निर्वाचन १३ दिन बाँकी, मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्

काठमाडौँ । तपाईँ टिकटक कत्तिको चलाउनुहुन्छ ? रमाइलोका लागि चलाउँदै...

‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२’ जारी

‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२’ जारी

काठमाण्डौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन...

बिदामा पनि राहदानी विभाग खुला रहने

बिदामा पनि राहदानी विभाग खुला रहने

काठमाडौँ । सार्वजनिक बिदाका दिन समेत राहदानी विभागले आफ्नो सेवा...

आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै

आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । शेर्पा समुदायले आज विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार...