back
CTIZAN AD

सब–इन्जिनियरको हत्यामा दोषीलाई कारबाही गर्न पेशागत महासंघ नेपालको माग

वि.सं.२०८२ फागुन ८ शुक्रवार

660 

shares

काठमाडौं । पेशागत महासंघ नेपालले सब–इन्जिनियर प्रमोद यादवको हत्या प्रकरणमा संलग्न दोषीमाथि तत्काल कडा कारबाही गर्न सरकारसँग माग गरेको छ।

महासंघद्वारा जारी प्रेस विज्ञप्तिअनुसार २०८२ साल फागुन ३ गते साँझ भौतिक पूर्वाधार विकास कार्यालय, मलङ्गवा, सर्लाहीमा कार्यरत सब–इन्जिनियर प्रमोद यादवमाथि गोली प्रहार गरी हत्या गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। कार्यालय परिसरमै कार्यरत राष्ट्रसेवक कर्मचारीमाथि भएको आक्रमणले सम्पूर्ण कर्मचारीतन्त्रको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको महासंघको भनाइ छ।

महासंघले स्वर्गीय यादवप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै दोषीलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन तथा यस्ता घटना दोहोरिन नदिन प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन नेपाल सरकारसमक्ष जोडदार माग गरेको छ।

फिल्ड तथा कार्यालयमा खटिने कर्मचारीहरूको जीवन सुरक्षाको सुनिश्चितता गर्न विशेष व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याउँदै महासंघले मृतकलाई ‘शहीद’ घोषणा गरी पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन पनि आग्रह गरेको छ।

महासंघले कर्मचारीहरूको सुरक्षाका विषयमा बेवास्ता गरिए कडा आन्दोलनका कार्यक्रमसमेत घोषणा गर्न बाध्य हुने चेतावनी दिएको छ।

यस घटनाले राष्ट्रसेवक कर्मचारीहरूको मनोबलमा असर पार्नुका साथै सार्वजनिक सेवा प्रवाहमा समेत चुनौती थपिएको विश्लेषण गरिएको छ। महासंघले सुरक्षित कार्य वातावरण सुनिश्चित गर्न राज्यका सम्बन्धित निकायहरूलाई गम्भीर बन्न आग्रह गरेको छ।

वि.सं.२०८२ फागुन ८ शुक्रवार १६:५५ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...