back
CTIZAN AD

वीरगन्ज भन्सारद्वारा सात महिनामा एक खर्ब ३५ अर्ब राजस्व सङ्कलन

वि.सं.२०८२ फागुन ३ आइतवार

504 

shares

वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा रु एक खर्ब ३५ अर्ब ४८ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आवको सात महिनासम्म रु एक खर्ब ५३ अर्ब ८४ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखे पनि सो अवधिसम्म भने लक्ष्यको ८८.०७ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार चालु आवको सात महिनामा कार्यालयको भन्सार सङ्कलनमा उत्साहजनक भएको छ । कार्यालयले साउनमा रु १८ अर्ब ४४ करोड, भदौमा रु २० अर्ब ७३ करोड, असोज महिनामा रु १९ अर्ब नौ करोड राजस्व सङ्कलन भएको थियो ।

त्यस्तै, कात्तिकमा रु १७ अर्ब ३३ करोड र मङ्सिरमा भने रु २० अर्ब ८० करोड राजस्व सङ्कलन भएको छ । त्यस्तै पुसमा पनि रु २० अर्ब २० करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले माघमा मात्र रु २१ अर्ब २९ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकामा रु १८ अर्ब ९० करोड राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले वीरगन्ज भन्सार कार्यालयलाई वर्षभरिमा रु दुई खर्ब ७३ अर्ब ३९ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको छ ।

वि.सं.२०८२ फागुन ३ आइतवार ११:०२ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...