back
CTIZAN AD

प्रजातन्त्र सेनानी गुरुङको निधन, सभापति थापाद्वारा दुःख व्यक्त

वि.सं.२०८२ फागुन ८ शुक्रवार

519 

shares

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवम् प्रजातन्त्र सेनानी टेकबहादुर गुरुङको निधन भएको छ । प्रजातन्त्र सेनानी एवम् समाजसेवी गुरुङको १०० वर्षको उमेरमा गएराति निधन भएको हो ।

यहाँ नेपाल भूतपूर्व सैनिक सङ्घका केन्द्रीय अध्यक्ष गर्जबहादुर गुरुङ, नेपाल तरूण दलका पूर्वमहासचिव यमबहादुर गुरुङ, एनआरएनए युकेका सल्लाहकार एवम् लमजुङ समाज युकेका निवर्तमान अध्यक्ष दलबहादुर गुरुङ, लमजुङ जिल्ला नेपाली कांग्रेस दूधपोखरी गाउँपालिकाका उपसभापति गमबहादुर गुरुङका पिता छन् ।

प्रजातन्त्र सेनानी एवम् समाजसेवी टेकबहादुरको निधनप्रति कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज शोक विज्ञप्ति जारी गरी गहिरो दुःख व्यक्त गरेका छन् ।

स्वर्गीय गुरुङले नेपालको लोकतान्त्रिक आन्दोलनमा र पार्टी सङ्गठनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको कांग्रेसले जनाएको छ । उनका निधनबाट नेपाली कांग्रेसले एक अग्रज र अनुभवी व्यक्तित्वलाई गुमाएको जनाएको छ ।

उनको निधनप्रति कांग्रेस सभापति गगनकुमार थापाले गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन् । सभापति थापाले स्वर्गीय आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवार तथा आफन्तजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्नुभएको छ ।

वि.सं.२०८२ फागुन ८ शुक्रवार १६:०२ मा प्रकाशित

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

काठमाडौं । यामाहा मोटर कम्पनीले हरेक वर्ष जुलाई १ लाई...

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत...