back
CTIZAN AD

पोखरामा सिटिजन लाइफको एमडीआरटी २०२६ सम्मान तथा प्रशिक्षण सम्पन्न

वि.सं.२०८२ फागुन ८ शुक्रवार

654 

shares

पोखरा । सिटिजन लाइफ इन्स्याेरेन्स ले एमडीआरटी २०२६ सम्मान तथा प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। कार्यक्रम २०८२ साल फागुन ५ देखि ७ गतेसम्म हाेटल पाेखरा ग्राण्डमा दुई रात तीन दिनसम्म आयोजना गरिएको थियो।

कार्यक्रममा ७० जना सिटिजन लिडरलाई सम्मान गरिएको थियो। जसमा ६७ जना एमडीआरटी, २ जना सिओटी तथा १ जना टिओटी क्वालिफायर रहेका थिए। साथै सिनियर एजेन्सी म्यानेजर, उत्कृष्ट शाखा प्रमुख तथा क्षेत्रीय प्रमुखहरूको सहभागिता रहेको थियो।

उत्कृष्ट कार्यसम्पादन गर्ने लिडरहरूलाई सम्मान गर्नु र आगामी व्यवसायिक रणनीतिबारे प्रशिक्षण तथा छलफल गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको कम्पनीले जनाएको छ। “प्रगतिशील जीवनको रहस्य” विषयमा प्रख्यात सेल्स प्रशिक्षक तथा प्रेरक वक्ता डा. रबिन कटवाल ले विशेष प्रशिक्षण दिनुभएको थियो।

कार्यक्रममा कम्पनीका उच्च पदाधिकारीहरूले व्यवसायिक लक्ष्य, रणनीति र नेतृत्व विकाससम्बन्धी प्रस्तुति दिएका थिए। साथै ब्राण्ड एम्बेसडरहरू मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य को विशेष उपस्थितिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

समापन समारोहमा प्रमुख कार्यकारी अधिकृतले सिटिजन लिडरहरूको समर्पण र उत्कृष्ट कार्यसम्पादन नै कम्पनीको सफलताको आधार भएको उल्लेख गर्दै आगामी दिनमा अझ उच्च उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गर्नुभएको थियो।

कम्पनीका अनुसार कार्यक्रम पूर्ण रूपमा सफल रहनुका साथै यस्ता गतिविधिले व्यवसाय विस्तार र नेतृत्व क्षमताको विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ।

वि.सं.२०८२ फागुन ८ शुक्रवार १६:४६ मा प्रकाशित

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

सन्तोष गौतम, म्याग्दी ।  जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य...