back
CTIZAN AD

स्याङ्जामा ताराप्रतिको उत्साह बढ्दो छः शैलेन्द्र घिमिरे

वि.सं.२०८२ फागुन ९ शनिवार

969 

shares

काठमाडौँ । स्याङ्जा क्षेत्र नम्बर–१ का उम्मेद्वार शैलेन्द्र घिमिरेले स्याङ्जामा सबैभन्दा ठूलो हक्काँ गर्ने शक्ति नेकपा र तारा चिह्न रहेको दाबी गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी स्याङ्जा–काठमाडौँ सम्पर्क समन्वय समितिको आयोजनामा मतदाता भेटघाट तथा परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
घिमिरेले काठमाडौँको तुलनामा पोखरामा दोब्बर उत्साह देखिएको र पोखराभन्दा स्याङ्जाका मतदातामा ताराप्रतिको उत्साह अझै दोब्बर रहेको बताए ।

उनले वर्तमान निर्वाचन किन आवश्यक प¥यो भन्ने विषयमा सबैले गम्भीर रूपमा सोच्नुपर्ने बताए । जेनेरेशन–जेड (जेनजी) आन्दोलनले पुराना नेतृत्वलाई विश्राम दिन र नयाँ अनुहारलाई अवसर दिनुपर्ने सन्देश दिएको उनको भनाइ थियो । स्याङ्जाका मतदाताले उक्त सन्देश बुझेको दाबी गर्दै उनले विभिन्न दलमा आबद्ध व्यक्तिहरूले समेत आफ्नो पक्षमा समर्थन जनाइरहेको बताए ।

घिमिरेले काठमाडौँमा अपेक्षाकृत कम उत्साह देखिए पनि स्याङ्जा पुग्दा वातावरण फरक हुने जिकिर गरे । उनले अभियानमा सहभागी भई परिवर्तनका लागि साथ दिन आग्रह गरे ।
उनले रत्नकुमार वात्ववाको भनाई उधृत गर्दै भने, ‘आँधी, हुरी नचलेको बेला वातावरण शान्त भएको बेला एउटा कायरलेपनि बहादुरीका लामा लामा कुरा गर्न सक्छ । एउटा नर्कटपनि पहाड माथि ठिङ्ग उभिन सक्छ । तर आँधी र हुरी चलेको बेला एउटा सतिशाल मात्र पहाडमा ठिङ्ग उभिन सक्छ ।’

उम्मेद्वार घिमिरेले केही गर्न सक्ने ताजगत, उर्जा, तर्क र उत्साह नेकपासँग मात्र भएको दाबी गरे ।

वि.सं.२०८२ फागुन ९ शनिवार २१:५७ मा प्रकाशित

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दी । एकिकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ । कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना...

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स । ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण...

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण...

वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने

वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले वर्षायाममा उत्पादन...