back
CTIZAN AD

काठमाडौँमा मुक्तकको गुञ्जन: विद्यार्थीबीच सिर्जनात्मक प्रतिस्पर्धा

वि.सं.२०८२ फागुन ९ शनिवार

1.5K 

shares

काठमाडौँ । मुक्तक सागर र प्रोक्सिमा इन्टरनेशनल एकेडेमीको संयुक्त पहलमा विद्यार्थी लक्षित मुक्तक लेखन तथा वाचन प्रतियोगिता सम्पन्न भएको छ ।

शुक्रबार आयोजित उक्त कार्यक्रममा २८ जना विद्यार्थीले उत्साहका साथ आफ्ना सिर्जना प्रस्तुत गरेका थिए ।

प्रतियोगिताको मूल्यांकन मुक्तकसागरकी सम्पादक निशा के.सी., शिक्षिका उर्मिला सापकोटा र साहित्यकार वसुन्धरा चौहान ‘सुनिता’ले गरेकी थिइन् ।

कार्यक्रममा एकेडेमीका निर्देशक सरोज भट्टराई तथा प्रशासनिक प्रिन्सिपल नानीछोरी खाइतुले विद्यार्थीहरूको प्रस्तुतिले आफूहरू गौरवान्वित भएको बताउँदै विद्यालयमा यस्ता सिर्जनात्मक गतिविधि निरन्तर हुनुपर्नेमा जोड दिए ।

प्रिन्सिपल सुजन भट्टराईले साहित्यिक अभ्यासले विद्यार्थीमा रुचि, आत्मविश्वास र सिर्जनशीलता बढाउन मद्दत गर्ने उल्लेख गरे । गजलकार जुमन किरणले पनि कार्यक्रमले नयाँ पुस्तालाई लेखनतर्फ प्रेरित गरेको धारणा राखिन् ।

कार्यक्रमका अवसरमा साहित्यकार वसुन्धरा चौहान ‘सुनिता’ले आफ्ना केही मुक्तक वाचन गरी वातावरणलाई थप साहित्यिक बनाइन् ।

त्यस्तै, सम्पादक निशा के.सी.ले नतिजा घोषणा गर्दै साहित्यले विद्यार्थीको रचनात्मक क्षमता अभिवृद्धि गर्ने महत्वपूर्ण माध्यम भएको बताइन् ।

गजलकार जुमन किरण र साहित्यकार वसुन्धरा चौहान ‘सुनिता’को संयोजनमा सम्पन्न कार्यक्रम एकेडेमीका संस्थापक धर्मरत्न खाइतुको अध्यक्षतामा भएको थियो । सञ्चालन शिक्षक राजु वाइवाले गरेका थिए ।

वि.सं.२०८२ फागुन ९ शनिवार २०:१४ मा प्रकाशित

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...

झिल्का कविता

झिल्का कविता

भेष राज बञ्जाडे, बुटवल-१३, रुपन्देही १. एकछिन खुब मच्चिए आखिरमा...

कविता : कति हार्दिक छन्

कविता : कति हार्दिक छन्

इन्दिरा प्रयास, काठमाडौँ भन जीवन के कति मानवका अनुकूल कहाँ...