काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सात स्थानमा अग्रता लिएको छ । प्रारम्भिक मतपरिणामअनुसार विभिन्न निर्वाचन क्षेत्रमा नेकपाका उम्मेदवारहरू अगाडि देखिएका छन् ।
मतगणनाको पछिल्लो विवरणअनुसार पुष्पकमल दाहाल ‘प्रचण्ड’ (रुकुम पूर्व–१) मा ६ हजार २८० मतसहित अग्रस्थानमा छन् । त्यसैगरी महेन्द्रबहादुर शाही (कालिकोट–१) ५ हजार ५४७ मतसहित अगाडि छन् ।
यस्तै बुजेशकुमार गुप्ता (कपिलवस्तु–२)मा १ हजार ३१६ मतसहित अग्रता लिएका छन् भने वीरमान चौधरी (कैलाली–३)मा ६०४ मतसहित अगाडि छन् ।
त्यसैगरी नन्दबहादुर साँउद (कैलाली–२)मा ४४२ मत, भीमबहादुर रावल (अछाम–१)मा ३६६ मत र रमेशकुमार मल्ल (सल्यान–१)मा २५९ मतसहित आ–आफ्नो क्षेत्रमा अग्रता कायम गरेका छन् ।
मतगणना जारी रहेकाले परिणाम अझै परिवर्तन हुन सक्ने निर्वाचन अधिकृतहरूले जनाएका छन् ।
वि.सं.२०८२ फागुन २२ शुक्रवार १४:३० मा प्रकाशित






























