back
CTIZAN AD

बाख्रा चराउन हिँडेका दुई बालिकाको पानीमा डुबेर मृत्यु

वि.सं.२०७४ असार २ शुक्रवार

819 

shares

२ असार, पर्सा । पर्साको पटेर्वासुगौली गाउँपालिकामा आज पानीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । गाउँपालिका–४ सोनवर्षाको कंन्चनपुर गाउँमा रहेको खाल्डोमा जमेको पानीमा अपराह्न डुबेर दुवै बालिकाको मृत्यु भएको हो ।

बाख्रा चराउन घरबाट निस्किएका कन्चनपुर निवासी नारायण पासवानकी १० वर्षीया छोरी उषाकुमारी पासवान र स्थानीय दरोगा पासवानकी ९ वर्षीया छोरी राधिकाकुमारी पासवानको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

कन्चनपुर गाउँभन्दा एक किमी बाहिर सडक निर्माणका लागि खनिएको खाल्डोमा राति परेको वर्षाको पानी जमेको र सोही पानीमा दुवै बालिकाहरुको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिनुभयो । उहाँले मृतक बालिकाको शवपरीक्षणका लागि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा ल्याउने तयारी भएको बताउनुभयो । रासस

वि.सं.२०७४ असार २ शुक्रवार १५:४० मा प्रकाशित

ललितपुरबाट चितुवाको उद्धार

ललितपुरबाट चितुवाको उद्धार

काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको प्राविधिक टोलीले ललितपुर, कुसुन्ती...

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

डोटी । घर लिप पोतका लागि माटो खन्न गएकी यहाँको...

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा...

समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि

समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि

उदयपुर (गाइघाट) । उदयपुरमा गतवर्षको तुलनामा यसवर्ष कोदो उत्पादनमा बृद्धि...

समानुपातिकमा एक करोड चार लाख मतगणना

समानुपातिकमा एक करोड चार लाख मतगणना

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड चार...

सुनचाँदीकोे मूल्य बढ्यो

सुनचाँदीकोे मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ ।...