back

कैलालीमा नेपाल लोकतान्त्रिक फोरमका उम्मेदवार तय

वि.सं.२०७४ असार २ शुक्रवार

471 

shares
IME Limited
NTC AD

२ असार, धनगढी  । आसन्न स्थानीय चुनावको मिति नजिकिँदा नेपाल लोकतान्त्रिक फोरमले कैलाली जिल्लाका ११ स्थानीय तहमा उठाउने उम्मेदवारको नाम आज सार्वजनिक गरेको छ ।

उक्त पार्टीले धनगढी उपमहानगरपालिकाको प्रमुखमा प्रेम बिसी र उपप्रमुखमा दुर्गा कुश्मीलाई उम्मेदवार बनाउने भएको छ । त्यसैगरीः प्रमुख र उपप्रमुखमा कैलालीको टीकापुर नगरपालिकामा लौटन चौधरी र सुदेसनी चौधरी, लम्की चुहा नगरपालिकामा अरुण चौधरी र धनादेवी चौधरी, भजनी नगरपालिकामा केवल चौधरी र धनबासी चौधरी, घोडाघोडी नगरपालिकामा चन्द्रकुमार चौधरी र चैतीदेवी विक, गौरीगङ्गा नगरपालिकामा खुसीराम चौधरी र शारदा चौधरी, गोदावरी नगरपालिकामा शारदा केसी र मनीराम चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका केन्द्रीय सदस्य माधव चौधरीले बताउनुभयो ।

कैलालीको कैलारी गाउँपालिका अध्यक्षमा कलेसु चौधरी र उपाध्यक्षमा गीतादेवी चौधरी, जोशीपुर गाँउ पालिका अध्यक्षमा बिरुप्रसाद चौधरी र उपाध्यक्षमा किरण चौधरी, बर्दगोरिया गाँउ पालिका अध्यक्षमा वीरबहादुर डगौरा थारू र उपाध्यक्षमा कृष्णाकुमारी चौधरी र जानकी गाँउपालिका अध्यक्षमा प्रदीपकुमार चौधरी र उपाध्यक्षमा उमा महतोलाई उठाउन लागिएको छ । पार्टीको सङ्गठन नभएको जिल्लाको पहाडी क्षेत्रको मोहन्याल र चुरे गाउँपालिकामा भने उम्मेदवार उठाउने तयारी नभएको केन्द्रीय सदस्य चौधरीले बताउनुभयो ।

थरूहट÷थारूवान प्रदेशको मागसहित लामो समयदेखि आन्दोलन गर्दै आएको तत्कालीन थरूहट तराई पार्टी नेपाल र मधेसी जनअधिकार फोरम नेपालबीच केन्द्रीय स्तरमा हालै एकीकरण भएको थियो । एकीकरणपछि नाम फेरिएको नेपाल लोकतान्त्रिक फोरम हाल सरकारमा सहभागी छ । संविधान संशोधन गर्नुपर्ने आफूहरुको मागलाई यथावत् राखी स्थानीय तहको चुनावमा सहभागी हुने नीति पार्टीको रहेको केन्द्रीय सदस्य चौधरीले बताउनुभयो । रासस

वि.सं.२०७४ असार २ शुक्रवार १५:३८ मा प्रकाशित

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेपाल–चीन सिमानाको ल्हेन्दे खोला...

ल्हेन्दे खोला बाढीः ५७ जनाको उद्धार

ल्हेन्दे खोला बाढीः ५७ जनाको उद्धार

रसुवा । नेपाल–चीन सिमानाको ल्हेन्दे खोलामा सोमबार राति आएको बाढी...

हिमाली क्षेत्रमा बढी मूल्यवृद्धि

हिमाली क्षेत्रमा बढी मूल्यवृद्धि

काठमाडौँ । तुलनात्मक रुपमा हिमाली क्षेत्रमा बढी महङ्गी देखिएको छ...

भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ?

भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले नेपाल र चीनको...

विदेशी मुद्रा सञ्चिती २५ खर्ब ६९ अर्ब

विदेशी मुद्रा सञ्चिती २५ खर्ब ६९ अर्ब

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्ममा चालु...

खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्याः गभर्नर पौडेल

खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्याः गभर्नर पौडेल

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले कृषि...