back
CTIZAN AD

एएफसी च्याम्पियनसिप टोलीलाई प्रशिक्षण

वि.सं.२०७४ असार २ शुक्रवार

684 

shares

काठमाडौँ, २ असार । संयुक्त अरब इमिरेट्स (युएइ) मा हुने एएफसी २३ वर्षमुनि (यु–२३ ) च्याम्पियनसिप खेल्न लागेको नेपाली टोलीको प्रशिक्षण आजदेखि सुरु भएको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा सुरु भएको बन्द प्रशिक्षणको प्रारम्भिक चरणमा ३४ सदस्यीय खेलाडीलाई सहभागी गराइएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार प्रशिक्षणमा राष्ट्रिय टोलीमा रहेका खेलाडी, ए डिभिजन क्लब तथा मोफसलका प्रतिभावान् खेलाडी समावेश गरिएको छ । यही असार ३१ गतेदेखि सुरु हुने खेलमा नेपाल समूह ‘डी’ मा परेको छ । नेपालको समूहमा आयोजक युएइ, लेबनान र उज्वेकिस्तान छन् ।

नेपालले आफ्नो पहिलो खेल असार ३१ गते आयोजक युएइसँग खेल्नेछ । त्यसैगरी साउन २ गते उज्वेकिस्तानसँग दोस्रो तथा समूह चरणको अन्तिम खेल साउन ४ गते लेबनानसँग उसले प्रतिस्पर्धा गर्नेछ ।

छनोट चरणका सम्पूर्ण खेल युएइस्थित अल आइन सहरको ताह्नोन बिन मोहम्मद रङ्गशालामा हुनेछ । यसअघि सन् २०१५ मा इरानमा भएको समूहको छनोट खेलमा चार खेल खेलेको नेपाल सबै खेलमा पराजित भएको थियो । त्यतिबेला नेपालले एक गोल पनि गर्न सकेको थिएन ।

समूहको शीर्ष स्थानमा रहने टोली सन् २०१८ मा चीनमा हुने एएफसी यु–२३ च्याम्पियनसिपमा अन्तिम चरणका लागि छनोट हुनेछ । त्यस्तै दोस्रो स्थानमा रहने शीर्ष पाँच टोलीले पनि प्रतियोगितामा सहभागिता जनाउनेछन् । उक्त च्याम्पियनसिपमा १६ टोली उपाधिका लागि भिड्नेछन् । चालिस राष्ट्रको सहभागिता रहेको उक्त छनोट खेलमा सहभागी टोलीलाई १० समूहमा विभाजन गरिएको छ ।
अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप

आइडब्लुएफएन कराते डो सङ्घको आयोजनामा प्रथम आइडब्लुएफएन अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप शनिबारदेखि हुने भएको छ ।

च्याम्पियनसिपमा आयोजक नेपालसहित भारत, बङ्गलादेश र भुटानका खेलाडीले प्रतिस्पर्धा गर्ने यहाँ आज आयोजित पत्रकार सम्मेलनमा आयोजक सङ्घका अध्यक्ष लक्ष्मण लम्सालले जानकारी दिनुभयो । च्याम्पियनसिपमा कुमुतेको पुरुषतर्फ १४ र महिलातर्फ १२ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।
पुरुष÷महिलाको र समूहगत कातामा पनि खेल हुनेछ । उक्त च्याम्पियनसिपका लागि नेपाल र अन्य राष्ट्रबाट दुई दुई सय गरी ४०० खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । दुईदिने उक्त प्रतियोगिताका खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा हुनेछ । रासस

वि.सं.२०७४ असार २ शुक्रवार १५:४१ मा प्रकाशित

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट, २०२६ अन्तर्गत वेस्टइन्डिजविरुद्धको...

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

काठमाडौँ । योग क्षेत्रमा अभूतपूर्व इतिहास रचेकी विश्वकै कान्छी अन्तराष्ट्रिय...

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल ४ रनले पराजित

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल ४ रनले पराजित

काठमाडौँ । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो उद्घाटन...

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध नेपालको पावरप्लेमा मध्यम सुरुआत

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध नेपालको पावरप्लेमा मध्यम सुरुआत

काठमाडौँ । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा इङ्ल्यान्डले...