back
CTIZAN AD

युवा वैज्ञानिक कार्कीको ‘अलग बाटो’ पुस्तक सार्वजनिक

वि.सं.२०७४ असार ३ शनिवार

687 

shares
niharika-book-bomochanनेपालका प्रख्यात युवा वैज्ञानिक तथा कृषि उद्यमी केशवबहादुर कार्कीको पुस्तक “अलग बाटो” पाल्पा तानसेनमा बुधबार सार्वजनिक गरिएको छ । 
 
कायक्रममा प्रमुख अतिथि एवं बरिष्ठ साहित्यकार निलम कार्की निहारिकाले एक भव्य समारोहका बिच पुस्तक विमोचन गर्नु भएको थियो ।  “एक सफल बैज्ञानिकको पहिचान स्थापित गरिसकेका केशवको लेखनशैलीले विशाल सम्भावना बोकेको छ” साहित्यकार कार्कीले भन्नुभयो । 
 
आफुले  अमेरिकामै नाम सुनेको प्रतिभाशाली बैज्ञानिक केशवको कृतिले नेपाली साहित्यमा नयाँ पुस्तालाइ आकर्षीत गर्ने बताउदै बहुचर्चित कृति चिरहरण कि लेखिकाले भन्नुभयो, “केशवबहादुरको कृतीले युवापुस्तालाइ नयाँ उर्जा दिनेछ ।” कार्यक्रममा संचारकर्मी तथा बुलबुल प्रकाशनका अध्यक्ष अच्युत धिमिरेले वैज्ञानिक कार्कीको पुस्तक नेपाली जनजीवनको मौलिक र यथार्थ धरातलको प्रतिबिम्ब भएको बताउनु भयो “विज्ञानका विद्यार्थि कार्कीले अलग बाटो मार्फत नेपाली जीवनको वास्तविक पाटोलाइ केलाउन सफल हुनुभएको छ,” घिमिरेले भन्नुभयो । 
 
बुलबुल प्रकाशनले बजारमा ल्याएको अलग बाटो साहित्यकार हिरामणि ज्ञवालीको सहयोगमा तयार भएको पुस्तक हो । साहित्यकार टंक पन्थ र डा। शंकर गैरेले पुस्तकको समिक्षा गर्नुभएको थियो भने लेखक कार्कीले पुस्तकले समेटेको विषयबस्तुको बारेमा जानकारि दिनुभएको थियो । कक्षा ७ सम्मको औपचारिक अध्यायन माात्र गरेका कार्कीे ट्रक ड्राइभर हुदैँ स्वअध्यायन गर्दै वैज्ञानिक बन्नुभएको थियो । 
 
कार्कीले करिव एक दशक अधि तत्कालिन बनमन्त्री किरण गुरुगंलाइ सजिवनको तेल हालेर गाडि गुडाएर देखाउनुभएको । समारोहमा कार्कीेले सिटाके च्याउ उत्पादन गरि सयौँ युवालाइ स्वारोजगार बनाउन आफु लागी परेको बताउनु भयो । 
 
पत्रकार महासंघका अध्यक्ष राजेशकुमार अर्यालको सभापतिल्वमा भएको कार्यक्रममा पाल्पा साहित्य समाजका अध्यक्ष राजेन्द्रगोपाल सिंह, वरिष्ठ कृषि विकास अधिकृत किशोरमान श्रेष्ठ लगायतले बोल्नु भएको थियो ।

वि.सं.२०७४ असार ३ शनिवार ०१:२९ मा प्रकाशित

कञ्चनपुर-२ मा १५ उम्मेदवारको जमानत जफत

कञ्चनपुर-२ मा १५ उम्मेदवारको जमानत जफत

कञ्चनपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २...

बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला

बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१० कपन बालुवाखानी नगर अस्पताल नजिक...

दाङमा साढे १० हजार बढी मत बदर

दाङमा साढे १० हजार बढी मत बदर

दाङ । दाङमा साढे १० हजार बढी मत बदर भएको...

नेप्से परिसूचकमा दोस्रो सर्किटपछि ४० मिनेटका लागि कारोबार बन्द

नेप्से परिसूचकमा दोस्रो सर्किटपछि ४० मिनेटका लागि कारोबार बन्द

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोस्रो सकारात्मक सर्किट...

जुम्लामा ६ जना उम्मेदवारको जमानत जफत

जुम्लामा ६ जना उम्मेदवारको जमानत जफत

जुम्ला । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जुम्लामा ६ जना...

नेप्से परिसूचकमा सकारात्मक सर्किट

नेप्से परिसूचकमा सकारात्मक सर्किट

काठमाडौँ । प्रतिनिधिसभा सदश्य निर्वाचनपछि पहिलो दिन खुलेको नेपाल स्टक...