back
CTIZAN AD

सभापतिको राजीनामा समस्या समाधान होइन : सहमहामन्त्री डिला

वि.सं.२०८२ चैत ९ सोमवार

279 

shares

काठमाडौँ । नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौला पन्तले पार्टी सभापति गगनकुमार थापाको राजीनामा समस्या समाधान नभएको बताएकी छिन् । हालै भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसले आशा गरे अनुरुपको नतिजा हासिल गर्न नसक्नुमा सभापति थापाको मात्रै दोष नभएको प्रष्ट पारिन् ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा आइतबार धारणा राख्दै सहमहामन्त्री संग्रौलाले ३५ वर्षसम्म देशको र लोकतान्त्रिक आन्दोलनको नेतृत्व गरेको पार्टी खुम्चिनुको कारणबारे भने समीक्षा गर्न जरुरी रहेको बताइन् ।

अहिलेको समस्या समाधान गर्दै नियमित महाधिवेशनबाट पार्टीलाई फेरि एकजुट बनाउनु पर्नेमा जोड दिइन् । उनले भनिन् ‘हामी जुन परिस्थतिमा विशेष महाधिवेशन गरेर सभापतिमा थापालाई ल्याएका थियौं, त्यसको सन्देश जनतासम्म पुग्न सकेन । अब हामीले फेरि प्रयास गरेर आउँदो प्रदेश र स्थानीय तहको निर्वाचनमा पार्टीलाई पहिलो शक्ति बनाउने गरी लाग्नुपर्छ ।’

५० दिनमै कसैको कार्यक्षमताको मूल्यांकन नहुने बताउँदै सहमहामन्त्री संगौलाले ३५ वर्षदेखि थुप्रिएको असन्तोषको विष्फोट यस पटकको चुनावमा भएको उल्लेख गरिन् ।

कांग्रेसले पटक पटक सत्ताको नेतृत्व गर्दा डेलिभरी दिन नसकेकै कारण जनताले मत बदलेको उल्लेख गर्दै अब पनि नसच्चिने हो भने आउँदो निर्वाचनमा मन र मत दुवै बदल्ने बताइन् । त्यसलाई रोक्न र जनताको भरोषायोग्य पार्टी बनाउनका लागि नेपाली कांग्रेसले अब सदनमा सशक्त प्रतिपक्षको भूमिका खेल्नुपर्नेमा जोड दिइन् ।

उनले अगाडि भनिन् ‘कांग्रेस अब ५ वर्ष सत्ताको खेलमा नभएकाले जनताका मुद्दा महँगी, बेरोजगारी, सुशासनका सवालमा सदनमा सशक्त प्रतिपक्ष भएर उभिनुपर्छ भने आवश्यकताका आधारमा सडक पनि तताउन जरुरी छ ।’

अब हुने नियमित महाधिवेशनमार्फत विज्ञ र समाजमा प्रभाव राख्ने व्यक्तित्वहरूलाई सिधै पार्टीको नीतिगत तहमा प्रवेश गराउने बाटो खोल्नुपर्नेमा जोड दिँदै ‘चेक एण्ड ब्यालेन्स’ गर्न भने जरुरी रहेको उल्लेख गरिन् ।

‘हामीलाई अब दायाँवायाँ गर्ने कुनै पनि छुट छैन । अहिले सभापतिले राजीनामा दिएर भाग्ने होइन, मुलुकसामु आउने नयाँ चुनौतीहरु हामीहरुकै अहिलेको नेतृत्वले समाधान गरेर अघि बढ्ने हो । सत्ता भनेको आउँछ जान्छ तर हामीले नयाँ तरिकाले जनतामा भरोषा दिलाएर फेरि उठ्ने संकल्प गर्न जरुरी छ । हामीमा पनि केही कमीकमजोरीहरु होलान्, त्यसलाई समिक्षा गरेर समाधान गर्दै अघि बढ्नु नै आजको आवश्यकता हो । त्यसैले गगन थापाजीले सभापति पदबाट दिएको राजीनामा अस्वीकृत गर्नुपर्छ ।’ सहमहामन्त्री संगौलाको भनाइ छ ।

बैठकमा उनले नेतृत्वको रूपान्तरण र पुस्तान्तरणको सुनिश्चितता, संगठनको आमूल पुनर्संरचना र डिजिटल कनेक्टिभिटी लगायत आगामी कार्यदिशाका लागि ७ बुँदे प्रस्तावहरू पनि पेश गरेकी छिन् । सो अवसरमा उनले फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका दौरान कोशी, मधेश र बागमति प्रदेशका २८ जिल्लाका विभिन्न क्षेत्रमा गरेको अनुगमनको प्रतिवेदन पनि उपसभापति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्मालाई ज्ञापनपत्र हस्तान्तरण गरेकी थिइन् ।

वि.सं.२०८२ चैत ९ सोमवार १६:४७ मा प्रकाशित

शून्य समय : जनताको दैनिकीसँग जोडिएका विषयलाई प्राथमिकता दिन आग्रह

शून्य समय : जनताको दैनिकीसँग जोडिएका विषयलाई प्राथमिकता दिन आग्रह

काठमाडौँ । सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउँदै जनताको दैनिकीसँग...

नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक ३९...

एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत

एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले सरकारले प्रस्तुत गरेको आर्थिक...

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डले...

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान...

अब घरमै बसेर नेपाल टेलिकमको नयाँ प्रिपेड ई–सिम लिन सकिने

अब घरमै बसेर नेपाल टेलिकमको नयाँ प्रिपेड ई–सिम लिन सकिने

काठमाडौं । नेपाल टेलिकम ले आफ्ना ग्राहकलाई लक्षित गर्दै नयाँ...