back
CTIZAN AD

गोर्खाल्याण्ड मुद्धामा समर्थन, मधेसी मुद्धामा किन यत्रो रडाको ?

वि.सं.२०७४ असार ३ शनिवार

774 

shares

all-nepal

दार्जलिंगमा बसोबास गरीरहेकानेपाली मुलका दार्जिलिङबासीहरुले आफ्नो अधिकार, सम्मान र स्वाधिनताको बिषयलाई मूल मुद्धा बनाएर राष्ट्रमा आफ्नो पहिचानको लागी लड्दा नेपालीहरुको फेसबुकमा बढो जोडतोड संग समर्थन गरेको देखिन्छ तर मधेसीहरुले आफ्नो अधिकार, सम्मान र स्वाधिनताको बिषयलाई मुद्धा बनाउदा किन यत्रो रडाको हुन्छ यहाँ ?दार्जलिंगको एउटा नेपाली भाषी टोपी लागेर नेपाली बोल्दैमा उसलाई नेपाली भन्न पछि पर्दैनौ जबकी दार्जलिंगको नेपाली बोल्ने व्यक्ति नेपाली नै हैन उसले आफु भारतीय भएकोमा गर्व गर्छ । आखिर मधेसमा सीमा मिचिए लड्ने त्यही मधेसी नै हो ।

हाम्रो तराई बासी मधेशी दाजुभाई नेपाली बोल्न नजानेपानी, पहाडीमुलका मान्छेहरुको जस्तो नदेखिएपनी, उनीहरुले दौरा सुरवाल टोपी नलगाए पनि नेपालीनै हुन् र सधैं नेपालको भलाई गर्छन भनेर किन सोच्न सक्दैनौ । हामी जबसम्म हाम्रो सोच बदलिदैन तबो सम्म हाम्रो देशमा बिकास हुदैन्र जबसम्म हामी नेपाली मधेशीहरुलाई सम्मान गर्दैनौ तबसम्म हाम्रो मुलक अघी बढदैन ।

राष्ट्रियताको ढोंग पिटेर कतिन्जेल सम्म हामी दिशा बदलिरहने, देशलाई कैले उत्तर, कहिले दक्षिण तिर फर्काउनेहरुको जमात बढ्दै छ । कूटनीति र व्यावहारिक राष्ट्रवादको सिद्धान्त अवलम्बन गरि देशलाई निकाश दिने बेला आएको छ । अन्धो सिद्धान्त, सुविधा र आफ्नो तुच्छ व्यक्तिगत स्वार्थका लागि गरिने झगडाले राष्ट्रियताको दियो निभ्नेछ ।

वि.सं.२०७४ असार ३ शनिवार ०२:३९ मा प्रकाशित

व्यक्तिगत जीवनमा आत्मनिर्भरताकाे अभ्यास कसरी गर्ने ?

व्यक्तिगत जीवनमा आत्मनिर्भरताकाे अभ्यास कसरी गर्ने ?

स्वनिर्भरता भनेको जीवनका चुनौतिहरू सामना गर्न, स्वतन्त्र निर्णयहरू लिन र...

निर्वाचनमा ओखलढुंगाः एक विश्लेषण

निर्वाचनमा ओखलढुंगाः एक विश्लेषण

कोशी प्रदेश अन्तर्गत पर्ने ऐतिहासिक, साँस्कृतिक महत्वको शदिद भूमि हो-...