back
CTIZAN AD

चारु

वि.सं.२०८२ फागुन १६ शनिवार

1.2K 

shares

ऋषिराम भुसाल,गुल्मी मदाने, हाल- काठमाडौं

यो देश ह्वारह्वार जलेको पनि देखियो
इतिहासका पाना बलेको पनि देखियो

सुनौला सपना बोकेका ती कलिला बच्चा
गोली लागी भुइँमा ढलेको पनि देखियो

हिजोसम्म सम्मान पाएका केही मान्छेको
मुखमा कालो मोसो दलेको पनि देखियो

देशमा बलवान् सरकार भएर पनि
जनतासामु पूरै गलेको पनि देखियो

हाम्रो पालामा प्रशस्त देखियो हुँदाहुँदा
अग्रगामी कदम टलेको पनि देखियो।

अक्षर सङ्ख्या : १५
अनुप्रास : अलेको
शेष अनुप्रास : पनि देखियो
अभ्यास : चारु अभ्यास पाठशाला

वि.सं.२०८२ फागुन १६ शनिवार ०६:०४ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...