back
CTIZAN AD

सुसेली : हाम्रो भोटमा

वि.सं.२०८२ फागुन १६ शनिवार

1K 

shares

त्रिलोचन आचार्य
सुनगाभाटोल, कपन

पाखा पखेरा
आश्वासन सुनेर
सधैं दिक्दार ।१

झुटा कुराको
कति खाने कसम
छैन सरम ।२

ढाँटढुँटले
बन्न मिले शासक
के को आपद ।३

बढौं अगाडि
के हुन्छ र ढोगेर
झुटो बोलेर ।४

मीठा गुलिया
नारा दिन्छन् कसैले
बुझौं सबैले ।५

आशै आश छ
जनताको हालत
पत्तासाफ छ ।६

नेता गाउँमा
सुनाउँछन् बहाना
आफ्नो चाहाना ।७

साधु सन्तका
खरानी छ झोलैमा
हेरौं बेलैमा ।८

रस चखाइ
नाटक छ प्यारको
भ्रष्टाचारको ।९

विश्व लजायो
मत साट्दा नोटमा
हाम्रो भोटमा ।१०

वि.सं.२०८२ फागुन १६ शनिवार ०६:०६ मा प्रकाशित

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...

झिल्का कविता

झिल्का कविता

भेष राज बञ्जाडे, बुटवल-१३, रुपन्देही १. एकछिन खुब मच्चिए आखिरमा...

कविता : कति हार्दिक छन्

कविता : कति हार्दिक छन्

इन्दिरा प्रयास, काठमाडौँ भन जीवन के कति मानवका अनुकूल कहाँ...