back
CTIZAN AD

इरानी आक्रमणको जवाफ दिएको इजरायलको दावी

वि.सं.२०८२ चैत १२ बिहीवार

465 

shares

जेरुसेलम । इजरायली सेनाले बिहीबार इरानको क्षेप्यास्त्र आक्रमणको जवाफ दिएको दावी गरेको छ ।

सेनाले विज्ञप्ति जारी गर्दै इरानबाट इजरायलको क्षेत्रमा प्रहार गरिएका क्षेप्यास्त्रहरूको स्पष्ट पहिचान गरी जवाफ दिएको उल्लेख गर्दै खतरा रोक्नका लागि रक्षात्मक प्रणालीहरू सञ्चालन भइरहेको जानकारी दिएको छ ।

पहिलो आक्रमण पछि सेनाले स्थानीय वासिन्दाहरुलाई देशका विभिन्न क्षेत्रका संरक्षित ठाउँ छोड्न अनुमति दिइएको थियो ।

इजरायलको “म्यागेन डेभिड एडम” आपतकालीन चिकित्सा सेवाले आक्रमणमा कुनै हताहतको रिपोर्ट नभएको बताएको छ ।

सेनाले यस अघि इरानबाट मिसाइल आक्रमण हुने घोषणा गरेको १४ घण्टा पछि यो आक्रमण भएको जनाइएको छ ।

इजरायलमा लेबनानबाट रातारात आक्रमण भएको थियो, जहाँ इरान समर्थित लडाकु समूह हेजबुल्लाहले सैन्य स्थलहरूलाई लक्षित गरी श्रृङ्खलाबद्ध आक्रमण गरेको दाबी गरेको थियो ।(रासस/ एएफपी)

 

वि.सं.२०८२ चैत १२ बिहीवार १२:४५ मा प्रकाशित

तीन महिनामा तीन हजार बढी विपद्का घटना , १६० जनाको मृत्यु

तीन महिनामा तीन हजार बढी विपद्का घटना , १६० जनाको मृत्यु

काठमाडौँ । बितेका तीन महिनामा देशभर विपद्का तीन हजार २९६...

जब रामकोटको होमस्टेमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

जब रामकोटको होमस्टेमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

बन्दीपुर (तनहुँ) । तनहुँको बन्दीपुर आउने पर्यटक नजिकैको अर्को पर्यटकीय...

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौँ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बजारबाट स्रोत नखुलेको नगद...

कञ्चनपुरमा जापनिज इन्सेफ्लाइटिसको जोखिम कायमै

कञ्चनपुरमा जापनिज इन्सेफ्लाइटिसको जोखिम कायमै

कञ्चनपुर । चार वर्षदेखि जापनिज इन्सेफ्लाइटिस पुष्टि भएका बिरामी नदेखिएको...

आज साउने सङ्क्रान्ति पर्व, विविध कार्यक्रम गरी मनाइँदै

आज साउने सङ्क्रान्ति पर्व, विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने...

आज देशैभरी वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

आज देशैभरी वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आज पनि...