back
CTIZAN AD

कर्णाली राजमार्ग दुर्घटनाका मृतकका आफन्तले शव बुझे

वि.सं.२०७४ असार ३ शनिवार

591 

shares

३ असार, दैलेख । सुदूरपश्चिमको ना.४ ख २९९८ नंको बस दुर्घटना परी मृत्यु भएका ११ जनाको शव आफन्तले बुझेका छन् । शवपरीक्षणका लागि बिहीबार कालीकोट पु¥याइएको थियो । कालीकोटबाट शवपरीक्षणपश्चात् शुक्रबारसम्म आफन्तले शव बुझेर लगिसकेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक एकेन्द्र खड्काले जानकारी दिनुभयो ।

बिहीबार साँझ बसका मालिक र समितिका व्यक्तिहरू कालीकोट पुगेर आफन्तसँग कुराकानीपश्चात् बिहीबार रातिदेखि नै मृतकका आफन्तले शव बुझेका थिए । कालीकोटको जीतेगडाबाट महेन्द्रनगरतर्फ आउँदै गर्दा दैलेखको आठविस नगरपालिका नैनदेवल भन्ने स्थानमा बुधबार दिउँसो बस दुर्घटना भएको थियो ।

दुर्घटनामा सकुशल रहेका बस चालकले दिएको जानकारीअनुसार बे्रक फेल भएर सडकको भित्तामा गाडी ठोकिएको र ठोकिएको बस पुनः सडक छेउबाट भिरमा खसेको थियो । चालक नयाँ भएकाले पनि दुर्घटना चालककै लापरबाहीले हुनसक्ने आशङ्का स्थानीय बासिन्दाले गरेका छन् । थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । चालक र सहयोगी चालक अहिले जिल्ला प्रहरी कार्यालय दैलेखमा छन् ।

दुर्घटनामा परेका १८ घाइतेमध्ये धेरैको उपचार कोहलपुर मेडिकल कलेज, एकजना काठमाडौँ र दुईजना सुर्खेतमा छन् । गाडीमा ३१ जना यात्रु सवार रहेको दैलेख प्रहरीले जानकारी दिएको छ ।

सडक दुर्घटनाबारे दैलेख सदरमुकाममा बहस

बुधबार कर्णाली राजगमार्गअन्तर्गत दैलेखखण्डको आठविस नगरपालिकामा भएको बस दुर्घटनापश्चात् दैलेख सदरमुकाममा रहेका राजनीतिक दलले सडक दुर्घटनाका कारण र न्यूनीकरणका उपायबारे समीक्षा गरेका छन् । अहिले सञ्चालन भइरहेको कर्णाली राजमार्ग सडकमा अत्यधिक दुर्घटना हुन थालेपछि यसको विकल्पको राजमार्ग निर्माणबारे बहस भएको छ ।

पूर्वस्थानीय विकास राज्यमन्त्री गणेशबहादुर खड्काले कर्णाली राजमार्ग सडकको पूर्वाधार विकासमा थप मजबुद बनाउनुपर्ने, सडक चौडा गर्नुपर्ने र सँगसँगै विकल्पका रुपमा अर्को सडक निर्माण गर्नुपर्ने धारणा राख्नुभयो । हाल सुर्खेतदेखि दैलेख सदरमुकाम हँुदै कालीकोट सिमानासम्म सडक पुगिसकेको र बाँकी २४ किमी सडक विस्तार गर्न सके वैकल्पिक राजमार्गका रुपमा अर्को सडक प्रयोग गर्न सकिने खड्काले बताउनुभयो ।

सरकारले यो वर्षको बजेटमा पञ्चकोसी राजमार्ग भनेर सुर्खेतदेखि दैलेख, जुम्ला हँुदै चीनसम्म जोड्ने महत्वपूर्ण सडक योजना ल्याएकाले पनि कर्णाली राजमार्गको वैकल्पिक सडकका रुपमा यो सडक सञ्चालन गर्न सबैले पहल थाल्नुपर्ने दैलेख उद्योग वाणिज्य सङ्घका अध्यक्ष शान्ति शर्माले बताउनुभयो । अहिले दैलेख सदरमुकामबाट महावु सम्मको सहज यात्रा गर्न सकिने अवस्था छ भने सरकारले सामान्य सडकको स्तरोन्नति गर्न बाँकी रहेको २४ किमी सडकमा थप पूर्वाधार विकास गर्न सके सुर्खेत, दैलेख सदरमुकाम हुँदै महावुदेखि जुम्लासम्म सडक सञ्चालन हुने देखिन्छ ।

 

वि.सं.२०७४ असार ३ शनिवार ०३:२८ मा प्रकाशित

प्रतिनिधिसभा सदस्य निर्वाचन : चितवन ३ मा कांग्रेस र एमालेका उम्मेदवारले जोगाएनन् जमानत

प्रतिनिधिसभा सदस्य निर्वाचन : चितवन ३ मा कांग्रेस र एमालेका उम्मेदवारले जोगाएनन् जमानत

चितवन । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा...

कञ्चनपुर-२ मा १५ उम्मेदवारको जमानत जफत

कञ्चनपुर-२ मा १५ उम्मेदवारको जमानत जफत

कञ्चनपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २...

बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला

बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१० कपन बालुवाखानी नगर अस्पताल नजिक...

दाङमा साढे १० हजार बढी मत बदर

दाङमा साढे १० हजार बढी मत बदर

दाङ । दाङमा साढे १० हजार बढी मत बदर भएको...

नेप्से परिसूचकमा दोस्रो सर्किटपछि ४० मिनेटका लागि कारोबार बन्द

नेप्से परिसूचकमा दोस्रो सर्किटपछि ४० मिनेटका लागि कारोबार बन्द

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोस्रो सकारात्मक सर्किट...

जुम्लामा ६ जना उम्मेदवारको जमानत जफत

जुम्लामा ६ जना उम्मेदवारको जमानत जफत

जुम्ला । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जुम्लामा ६ जना...