back
CTIZAN AD

शिक्षामन्त्री पोखरेलद्वारा पदभार ग्रहण

वि.सं.२०८२ चैत १३ शुक्रवार

219 

shares

काठमाडौँ । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मीत पोखरेलले आज सिंहदरबारमा पदभार ग्रहण गरेका छन् ।

मन्त्री पोखरेलले जनताबाट प्राप्त मतप्रति आफूहरू अत्यन्त संवेदनशील रहेको बताउँदै आगामी पाँच वर्षभित्र पार्टीले गरेका प्रतिबद्धता पूरा गर्ने लक्ष्यसहित काम गर्ने बताए । उनले मतदाताको विश्वासलाई जिम्मेवारीका रूपमा लिएको उल्लेख गरे । “हामीले पाएको मतलाई केवल समर्थन होइन, जिम्मेवारीका रूपमा बुझेका छौँ,” उनले भने ।

शिक्षा क्षेत्र सुधारका सन्दर्भमा मन्त्री पोखरेलले काठमाडौँ महानगरपालिकामा लागू गरिएका सफल कार्यक्रमलाई राष्ट्रियस्तरमा विस्तार गर्ने योजना रहेको बताए । उनलेशिक्षकको क्षमता अभिवृद्धि, विद्यालय पूर्वाधार सुधार, नतिजामुखी कार्यक्रम सञ्चालन तथा छात्रवृत्तिलाई पारदर्शी र व्यवस्थित बनाउने कार्यलाई प्राथमिकता दिइने उल्लेख गरे ।

मन्त्री पोखरेलले सानै उमेरदेखि सूचना प्रविधि, एआई, स्वास्थ्य र खेलकुदलाई शिक्षासँग जोड्ने नीति ल्याइने जानकारी दिनुभयो । खेलकुद क्षेत्रबारे बोल्दै उनले दीर्घकालीन सुधारका लागि सानो उमेरदेखि नै खेलाडीलाई उचित प्रशिक्षण र पोषण उपलब्ध गराउने योजना अघि सार्ने बताए । हाल सुरक्षा निकायमा आधारित खेलाडी उत्पादनको प्रवृत्तिलाई परिवर्तन गर्दै विद्यालय तहदेखि नै खेलकुद विकास गरिने उनले स्पष्ट पारे ।

खेलकुद र शिक्षा क्षेत्रमा बढ्दो राजनीतिकरणप्रति चिन्ता व्यक्त गर्दै मन्त्री पोखरेलले यसलाई नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, “जहाँ राजनीति आवश्यक छ त्यहाँ भइरहेको छैन, जहाँ आवश्यक छैन त्यहाँ भइरहेको छ, अब सम्बन्धित क्षेत्रमा विज्ञ र अनुभवी व्यक्तिलाई जिम्मेवारी दिने नीति अवलम्बन गरिनेछ ।”

मन्त्री पोखरेलले आधुनिक प्रविधि र विश्वव्यापी परिवर्तनलाई ध्यानमा राख्दै नेपालको शिक्षा र खेलकुद क्षेत्रलाई प्रतिस्पर्धी, व्यवस्थित र परिणाममुखी बनाउने प्रतिबद्धतासमेत व्यक्त गरे ।

यस्तो छ मन्त्री पोखरेलको जीवनी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट काठमाडौँ क्षेत्र नं ५ को प्रतिनिधिसभा सदस्यमा निर्वाचित पोखरेल शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बनेका छन् ।

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल, नेकपा (एमाले)का पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापालगायतका स्थापित दलका शीर्ष नेतालाई निर्वाचनमा हराएर उनले चर्चा कमाएका थिए । विसं २०५२ फागुन १ गते काठमाडौँमा जन्मिएका पोखरेलले वैकल्पिक राजनीतिक धारलाई अगाडि बढाउँदै आएका थिए । विवेकशील साझा पार्टीबाट आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएका पोखरेल विसं २०७४ मा उज्ज्वल थापाको चुनावी अभियानमा सक्रिय भएका थिए ।

कानुन विषयमा काठमाडौँ विश्वविद्यालयबाट स्नातक हासिल गरेका उनले १२ कक्षाको अध्ययन भने संयुक्त राज्य अमेरिकामा पूरा गरेका हुन् । विसं २०७९ मा स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौँ–५(क) प्रदेशसभा सदस्य पदमा उम्मेदवारी दिनुभएका उनी त्यतिबेला पराजित भएका थिए । त्यसपछि पोखरेलले काठमाडौँ महानगरपालिकामा शिक्षा तथा सहायकविज्ञ तथा सहरी योजनामा सहायक विज्ञका रूपमा काम गरे ।

वि.सं.२०८२ चैत १३ शुक्रवार १६:२० मा प्रकाशित

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

अदानचुली (हुम्ला) । जिल्ला अस्पताल सिमकोटमा एक जना डेङ्गु सङ्क्रमित...

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

म्याग्दी । जिल्लास्थित बेनी नगरपालिका–४ तातोपानीस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई...

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

काठमाडौँ । पश्चिम एशियामा विगत केही हप्तादेखि भू–राजनीतिक तनाव बढिरहँदा...

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

ललितपुर । यहाँको महाङ्काल गाउँपालिका–४ की मखमली वाइबा पतिको मृत्युपछि...