back
CTIZAN AD

परराष्ट्र नीतिमा परिवर्तन हुँदैनः मन्त्री खनाल

वि.सं.२०८२ चैत १३ शुक्रवार

456 

shares

काठमाडौँ । नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनालले सरकार परिवर्तन वा नयाँ मन्त्री आए पनि राष्ट्रको परराष्ट्र नीतिमा परिवर्तन नहुने बताएका छन् ।

मन्त्रालयमा आज पदबहालीका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेपालको परराष्ट्र नीति संविधानमा नै स्पष्ट रूपमा उल्लेख गरिएको बताए । “सरकार परिवर्तन वा नयाँ मन्त्री आए पनि राष्ट्रको परराष्ट्र नीति परिवर्तन हुँदैन”, मन्त्री खनालले भने, “यो नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय हितसँग सम्बन्धित विषय हो । नेपालले लामो समयदेखि असंलग्न परराष्ट्र नीति अपनाउँदै आएको छ र यसलाई निरन्तरता दिइनेछ ।”

उनले पश्चिम एसिया क्षेत्रमा पछिल्लो समय देखिएको द्वन्द्वको अवस्थामा मन्त्रालयले पछिल्लो समयदेखि आवश्यक काम गरिरहेको बताए । “हालसम्म त्यहाँ रहेका ८० हजारभन्दा बढी नेपालीको तथ्याङ्क सङ्कलन गरिएको छ । आवश्यकताअनुसार त्यहाँ रहेका नेपालीलाई सोही देशमा सुरक्षित राख्ने उद्देश्यले कूटनीतिक पहलमार्फत मन्त्रालयले सक्रिय रूपमा काम गरिरहेको छ”, मन्त्री खनालले भने, “यदि अवस्था अझ संवेदनशील बन्दै गएमा, नेपाली नागरिकको सुरक्षाका लागि अन्य आवश्यक कदमहरू पनि चालिनेछन् ।”

यससँगै, सम्भावित इन्धन आपूर्ति शृङ्खलामा पर्नसक्ने असरबारे पनि अध्ययन भइरहेको बताउँदै उनले विशेषगरी इन्धनको मूल्य र त्यसबाट पर्ने प्रभावबारे मन्त्रालयले गम्भीरतापूर्वक विश्लेषण गरिरहेको र यस विषयलाई अत्यन्त संवेदनशील रूपमा लिइएको उल्लेख गरे ।

मन्त्री खनालले शान्तिका पक्षमा उभिएको देश र गौतमबुद्ध जन्मिएको मुलुकका रूपमा नेपालले सधैँ द्वन्द्वरत पक्षलाई शान्तिपूर्ण ढङ्गले आफ्ना समस्या समाधान गर्न आग्रह गर्दै आएको उल्लेख गर्दै विश्व समुदायलाई पनि नेपालले सोही अनुरोध गर्दै आएको उल्लेख गरे ।

उनले पश्चिम एसियामा रहेका नेपालीले आफूलाई असुरक्षित महसुस गरे भने, पहिलो प्राथमिकता उनीहरूको सुरक्षाको प्रत्याभूति गरिने तथा वैकल्पिक उपाय अपनाउन मन्त्रालय तयार रहेको उनले भने ।
मन्त्री खनालले सरकारले सुशासन र आर्थिक समृद्धिलाई मुख्य प्राथमिकतामा राखेको र यी दुई आधारभूत लक्ष्यअन्तर्गत सबै मन्त्रालयका कार्य अगाडि बढाइने बताउँदै परराष्ट्र मन्त्रालयले पनि सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनेतर्फ ध्यान केन्द्रित गर्ने अवगत गराए ।

उनले आज कन्सुलर सेवालाई डिजिटल प्रविधिमार्फत सहज बनाउने पहिलो निर्णयमा हस्ताक्षर गरे । मन्त्री खनालले सेवाग्राहीलाई सहज बनाउन डिजिटल प्रणालीमार्फत सेवा उपलब्ध गराउने लक्ष्य राखिएको र सरकारी कार्यालयमै उपस्थित नभई सेवा प्राप्त गर्न सकिने व्यवस्था विस्तार गरिने बताए ।

आर्थिक समृद्धिका सन्दर्भमा ‘इकोनोमिक डिप्लोमेसी’लाई विशेष प्राथमिकता दिइने र यसले देशको आर्थिक विकासमा सहयोग पु¥याउने अपेक्षा गरिएको उनले भने ।

नवनियुक्त परराष्ट्रमन्त्रीको जीवनी

नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनालसँग यसअघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सम्हालेको अनुभव रहेको छ ।

दोस्रो कार्यकालका लागि प्रतिनिधिसभा सदस्यमा काठमाडौँ क्षेत्र नं ६ बाट निर्वाचित खनाल २०७९ माघमा छोटो अवधिका लागि शिक्षामन्त्री भएका थिए । खनालको जन्म ३० डिसेम्बर १९७८ मा काठमाडौँमा भएको थियो ।

पुख्र्याैली थलो तनहुँ भएका ४७ वर्षीय खनाल हाल काठमाडौँको टोखामा बसोबास गर्दै आएका छन् । उनी राजनीतिमा लाग्नुअघि ‘टिच फर नेपाल’का संस्थापक भई सार्वजनिक शिक्षा सुधारका अभियन्ताका रुपमा कार्यरत हुनुहुन्थ्यो । खनाल रास्वपाका केन्द्रीय सचिवालय सदस्य एवं विदेश विभागका प्रमुख छन् ।

संयुक्त राज्य अमेरिकाको ‘युनिभर्सिटी अफ विसकोन्सिन म्याडिसन’बाट सार्वजनिक नीतिमा र ब्रिजपोर्ट विश्वविद्यालयबाट अन्तरराष्ट्रिय राजनीतिक अर्थशास्त्रमा स्नातकोत्तर गर्नुभएका उहाँ विगतमा श्रीलङ्का, नेपाल र संयुक्त राज्य अमेरिकामा पुनःनिर्माणका लागि सञ्चालित सर्वाेदय श्रमदान अभियानमा सक्रिय थिए । उनले तुलसीपुर उपमहानरगपालिकाको नीतिशालामा रही सल्लाहकारीय भूमिका पनि गरेका थिए ।

वि.सं.२०८२ चैत १३ शुक्रवार १६:४३ मा प्रकाशित

कार्यक्रम गर्नुपूर्व अनिवार्य स्वीकृति लिन कास्की प्रशासनको आग्रह

कार्यक्रम गर्नुपूर्व अनिवार्य स्वीकृति लिन कास्की प्रशासनको आग्रह

गण्डकी । जिल्ला प्रशासन कार्यालय, कास्कीले सार्वजनिकस्थलमा कुनै पनि कार्यक्रम...

‘रेड नोटिस’ जारी भएका राई कतारबाट पक्राउ

‘रेड नोटिस’ जारी भएका राई कतारबाट पक्राउ

काठमाडौँ । जबर्जस्ती करणी मुद्दामा ‘इन्टरपोल’बाट ‘रेड नोटिस’ जारी भएका...

विदेशी नागरिकलाई कुटपिट गर्ने डान्स क्लबका दुई पक्राउ

विदेशी नागरिकलाई कुटपिट गर्ने डान्स क्लबका दुई पक्राउ

काठमाडौं । विदेशी नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा...

प्रतिनिधिसभाको बैठक बस्दै, यी हुन् कार्यसूची

प्रतिनिधिसभाको बैठक बस्दै, यी हुन् कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सङ्घीय...

अन्तर्वार्ताको मिति छिटो मिलाइदिन्छु भन्ने दाबी गर्नेहरूसँग सावधान रहन अमेरिकी दूतावासको आग्रह

अन्तर्वार्ताको मिति छिटो मिलाइदिन्छु भन्ने दाबी गर्नेहरूसँग सावधान रहन अमेरिकी दूतावासको आग्रह

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले भिसा अन्तर्वार्ताको मिति छिटो मिलाइदिने...

बैंकिङ कसुर मुद्दाका चार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका चार प्रतिवादी पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुर...