back
CTIZAN AD

प्रभु बैंक र फिस्टेल लज पोखरासहित होटल समूहबीच विशेष छुटसम्बन्धी सम्झौता

वि.सं.२०८२ चैत २५ बुधवार

474 

shares

काठमाडौं । Prabhu Bank Limited र Fish Tail Lodge Pokhara तथा Annapurna Jagatpur Lodge Pvt. Ltd. बीच ग्राहक तथा कर्मचारीलाई लक्षित गर्दै विशेष छुट प्रदान गर्ने सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर गरिएको छ।

मंगलबार पोखरास्थित लेकसाइडमा आयोजित कार्यक्रममा प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर दीपेन्द्र बाबु बिष्ट र होटल समूहका तर्फबाट बिक्री तथा मार्केटिङ क्लस्टर निर्देशक सनीस महर्जनले सम्झौतापत्रमा हस्ताक्षर गरी आदानप्रदान गरेका थिए।

सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले फिस्टेल लज पोखरा र अन्नपूर्ण जगतपुर लजमार्फत उपलब्ध आवास सेवामा विशेष संस्थागत छुट प्राप्त गर्नेछन्। साथै, खाना तथा पेय पदार्थमा १० देखि १५ प्रतिशतसम्म छुटको सुविधा उपलब्ध हुने जनाइएको छ।

यी सुविधाहरू उपभोग गर्नका लागि ग्राहक तथा कर्मचारीहरूले बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड वा अन्य विद्युतीय भुक्तानी माध्यम प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ।

प्रभु बैंकले देशभर आफ्ना ३१२ शाखा, २८५ एटीएम तथा ६८ एक्सटेन्सन काउन्टरमार्फत करिब ३६ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ। ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नारासहित बैंकले गुणस्तरीय सेवा विस्तार गर्दै अघि बढिरहेको जनाएको छ।

सम्झौताले बैंकका ग्राहकलाई थप सुविधा प्रदान गर्नुका साथै पर्यटन क्षेत्रलाई समेत प्रवर्द्धन गर्ने विश्वास लिइएको छ।

वि.सं.२०८२ चैत २५ बुधवार १६:५६ मा प्रकाशित

एसियाड टेबल टेनिस टोलीलाई हेराल्डको प्रोत्साहन

एसियाड टेबल टेनिस टोलीलाई हेराल्डको प्रोत्साहन

काठमाडौं । आईएनजी ग्रुपको हेराल्ड कलेजले २० औं एसियाली खेलकुदमा...

कुमारी बैंकद्वारा बाढी तथा प्राकृतिक विपद् प्रभावितका लागि ३ करोड ३९ लाख सहयोग

कुमारी बैंकद्वारा बाढी तथा प्राकृतिक विपद् प्रभावितका लागि ३ करोड ३९ लाख सहयोग

काठमाडौं । कुमारी बैंक लिमिटेडले देशका विभिन्न जिल्लामा बाढी तथा...

भोटेकोशी बाढीः हालसम्म एक हजार ३२१ सम्पर्कविहीन

भोटेकोशी बाढीः हालसम्म एक हजार ३२१ सम्पर्कविहीन

नुवाकोट । भोटेकोशी बाढीका कारण हालसम्म नुवाकोट र रसुवा क्षेत्रबाट...

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा आज बिहान भासिएको सडक अध्ययनका...

बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा

बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा

पर्सा । रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी सम्पर्कविहीन भएका...

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

नुवाकोट । परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीका कारण चीनको केरुङमा...