back
CTIZAN AD

कूटनीतिबारे लेख्न महिला पत्रकारलाई प्रोत्साहन गर्नुपर्ने

वि.सं.२०८३ वैशाख २ बुधवार

360 

shares

काठमाडौँ । अन्तरराष्ट्रिय सम्बन्ध र कूटनीतिका बारेमा कलम चलाउने महिला पत्रकारको सङ्ख्या वृद्धि गर्न आवश्यक भएको आज यहाँ आयोजित एक कार्यक्रमका वक्ताले बताएका छन् ।

मिडिया एड्भोकेसी ग्रुप (म्याग)ले फेड्रिक इबर्ट स्टिफटुङसँगको सहकार्यमा आयोजित ‘अन्तरराष्ट्रिय सम्बन्ध र सञ्चारमाध्यमका विमर्शमा लैङ्गिक धारणा’ विषयको छलफलमा उनीहरूले कूटनीतिक विधामा लेख्न महिला पत्रकारलाई अभिप्रेरित गर्नुपर्ने बताएका हुन् ।

नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष नीतु पण्डितले अन्तरराष्ट्रिय सम्बन्ध र कूटनीति बारेमा लेख्ने महिला पत्रकारको सङ्ख्या जम्मा छ प्रतिशत रहेको बताईन् ।

गोरखापत्र दैनिकका प्रधानसम्पादक जुनारबाबु बस्नेतले कूटनीतिक मुद्दामा कलम चलाउने सीमित महिला पत्रकार रहेकाले यो क्षेत्रमा अझ धेरै लेख्न महिलालाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।

पत्रकार शन्त गाहामगरले समावेशीता बिनाको ‘न्यूजरुम’ अपूरो हुने बताउँदै सम्पादकीय धारणा परिवर्तन गर्नु जरुरी भएको सुनाए ।

माइ रिपब्लिका दैनिकका सम्पादक कोषराज कोइरालाले कूटनीतिबारे महिला पत्रकारलाई प्रशिक्षणको व्यवस्थाका साथै स्रोत र साधन उपलब्ध गराउन सम्बद्ध निकाय गम्भीर हुनुपर्छ भने ।

वि.सं.२०८३ वैशाख २ बुधवार १३:१३ मा प्रकाशित

कञ्चनपुरमा जापनिज इन्सेफ्लाइटिसको जोखिम कायमै

कञ्चनपुरमा जापनिज इन्सेफ्लाइटिसको जोखिम कायमै

कञ्चनपुर । चार वर्षदेखि जापनिज इन्सेफ्लाइटिस पुष्टि भएका बिरामी नदेखिएको...

आज साउने सङ्क्रान्ति पर्व, विविध कार्यक्रम गरी मनाइँदै

आज साउने सङ्क्रान्ति पर्व, विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने...

आज देशैभरी वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

आज देशैभरी वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आज पनि...

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आजे...

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देही । ओमसतिया गाउँपालिका २ सरस्वती टोलस्थित सडकमा भैरहवाबाट बुटवलतर्फ...

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...