back
CTIZAN AD

टोखामा विस्केट जात्रा सुरु

वि.सं.२०८३ वैशाख २ बुधवार

372 

shares

काठमाडौँ । टोखामा विस्केट जात्रा सुरु भएको छ । नेवार समुदायको बाहुल्य रहेको यहाँको सपनतीर्थमा मेला पनि लागेको छ ।

जात्रा व्यवस्थापन समितिका सहसंयोजक गणेशमान श्रेष्ठका अनुसार हिजो मन्दिरबाट गाउँमा रथ ल्याउने र गाउँ परिक्रमा गरी सपनविनायकको रथ यलागः टोलमा, चण्डेश्वरीको रथ थलागः टोलमा र मसानकालीको रथ भूतखेलमा बिसाइएको थियो ।

आज बिहान तीनवटै रथ गाउँ परिक्रमा गरेर मसानकालीको रथ भूतखेलको पाटीमा बिसाएपछि बलि पूजा लिइ कोठु गणेश र मसानकाली दुवै रथ थलागः टोलमा बिसाइन्छ । आज अपराह्न तलेजुबाट सिन्दुरजात्रा गरिन्छ ।

वैशाख ३ गते बिहान तपलाक्षीःबाट सिन्दुरजात्रा गरी देवता हासल टोलमा देव रथ बिसाइन्छभने अपराह्न जीवित देवी कुमारीसहित सिन्दूरजात्रा गरी सरस्वती र महादेवको रथबाहेक अन्य रथ पोखरीमा चोख्याइने उनले जानकारी दिए ।

जात्राको अन्तिम दिन वैशाख ४ गते बिहान बाजागाजासहितको सन्दुरजात्राले गाउँ परिक्रमा गर्ने कार्यक्रम छ । वैशाख ५ गते बिहान लिङ्गो ढालेसँगै जात्रा समापन हुन्छ ।

टोखामा आज सार्वजनिक बिदा

विस्केट जात्राका अवसरमा टोखा नगरपालिकाले आज टोखा नगरपालिकाभर सार्वजनिक बिदा दिएको छ । गत चैत १५ गतेको टोखा कार्यपालिका बैठकले आज नगरपालिका क्षेत्रमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

वि.सं.२०८३ वैशाख २ बुधवार १३:४१ मा प्रकाशित

तीन महिनामा तीन हजार बढी विपद्का घटना , १६० जनाको मृत्यु

तीन महिनामा तीन हजार बढी विपद्का घटना , १६० जनाको मृत्यु

काठमाडौँ । बितेका तीन महिनामा देशभर विपद्का तीन हजार २९६...

जब रामकोटको होमस्टेमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

जब रामकोटको होमस्टेमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

बन्दीपुर (तनहुँ) । तनहुँको बन्दीपुर आउने पर्यटक नजिकैको अर्को पर्यटकीय...

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौँ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बजारबाट स्रोत नखुलेको नगद...

कञ्चनपुरमा जापनिज इन्सेफ्लाइटिसको जोखिम कायमै

कञ्चनपुरमा जापनिज इन्सेफ्लाइटिसको जोखिम कायमै

कञ्चनपुर । चार वर्षदेखि जापनिज इन्सेफ्लाइटिस पुष्टि भएका बिरामी नदेखिएको...

आज साउने सङ्क्रान्ति पर्व, विविध कार्यक्रम गरी मनाइँदै

आज साउने सङ्क्रान्ति पर्व, विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने...

आज देशैभरी वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

आज देशैभरी वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आज पनि...