back
CTIZAN AD

‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ

वि.सं.२०८३ वैशाख ९ बुधवार

240 

shares

गण्डकी । जिल्ला प्रहरी कार्यालय, कास्कीले गत भदौ २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा कास्की कारागारबाट भागेका ३० वर्षीय तेन्जिङ कुल्सङ गुरुङलाई पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका–१७ छोरेपाटनका गुरुङलाई नियन्त्रणमा लिई मङ्गलबार कारागार कार्यालय, कास्कीमा बुझाइएको जिप्रकाका प्रहरी निरीक्षक गणेश पाण्डेले जानकारी दिए ।

गुरुङ लागुऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका बेला ‘जेनजी’ आन्दोलनमा कारागारबाट भागी फरार रहँदै आउनुभएको थियो । उहाँलाई जिप्रका मातहतको वडा प्रहरी कार्यालय, बैदामको टोलीले पोखरा–६ डिकोपाटनबाट पक्राउ गरेको थियो । केही दिनअघि पनि कास्की प्रहरीले ‘जेनजी’ आन्दोलनका क्रममा रौतहट कारागारबाट भागेका कैदी ३० वर्षीय केदार परियारलाई पोखराबाट पक्राउ गरेको थियो ।

हाडनाता जबर्जस्ती करणी मुद्दामा रौतहट जिल्ला अदालतबाट २५ वर्ष कैद सजाय पाएका परियारलाई पोखराको पृथ्वीचोकबाट पक्राउ गरिएको थियो । रौतहटको डुमडिया गाउँपालिका–१० का परियारले अझै १८ वर्ष चार महिना कैद सजाय भुक्तान गर्न बाँकी रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:५६ मा प्रकाशित

राष्ट्रियसभाः सुकुमवासी समस्याको दीर्घकालीन समाधान खोज्न सांसदहरुको आग्रह

राष्ट्रियसभाः सुकुमवासी समस्याको दीर्घकालीन समाधान खोज्न सांसदहरुको आग्रह

काठमाडौँ । सांसदहरुले मूल्यवृद्धि नियन्त्रण, रोजगारी सिर्जना, सुकुमवासी समस्याको दीर्घकालीन...

राष्ट्रियसभा बैठक पाँच मिनेटका लागि स्थगित

राष्ट्रियसभा बैठक पाँच मिनेटका लागि स्थगित

काठमाडौँ । राष्ट्रियसभाको बैठक पाँच मिनेटका लागि स्थगन भएको छ...

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक १५ मिनेटका लागि स्थगन भएको...

संसदीय गरिमा कायम गर्नुपर्नेमा सांसदहरूको जोड

संसदीय गरिमा कायम गर्नुपर्नेमा सांसदहरूको जोड

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले संसदीय मर्यादा पालना गरेमात्र संसद्को गरिमा...

संसद् बैठक : समसामयिक विषयमा ध्यानाकर्षण

संसद् बैठक : समसामयिक विषयमा ध्यानाकर्षण

काठमाडौँ । नेपाली कांग्रेसका सांसद निश्कल राईले प्रधानमन्त्रीलाई सदनमा उपस्थित...

नीलगाई र बँदेलको आतङ्कले महोत्तरीका किसान चिन्तित

नीलगाई र बँदेलको आतङ्कले महोत्तरीका किसान चिन्तित

महोत्तरी । यहाँका बस्तीबस्तीमा नीलगाई र बँदेलको सङ्ख्या बढेको छ...