back
CTIZAN AD

अर्घाखाँचीका ४ स्थानीय तहमा काँग्रेस र माओवादीबीच तालमेल

वि.सं.२०७४ असार ४ आइतवार

717 

shares

४ असार, सन्धिखर्क । दोस्रो चरणमा स्थानीय तहको निर्वाचनका लागि अर्घाखाँचीका चार स्थानीय तहमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच तालमेल हुने भएको छ ।

सन्धिखर्क र शितगङ्गा नगरपालिकामा प्रमुख काँग्रेस र उपप्रमुख माओवादी केन्द्रलाई दिने सहमति भएको छ । भूमिकास्थान नगरपालिका र मालारानी गाउँपालिकामा प्रमुखमा माओवादी र उपप्रमुखमा काँग्रेसलाई सघाउने सहमति भएअनुसार उम्मेदवारी दर्ता हुँदैछ ।

अर्घाखाँचीमा जनसङ्ख्याको हिसाबले सन्धिखर्क ठूलो नगरपालिका हो । यो नगरपालिकामा काँग्रेसबाट प्रमुखमा कमलप्रसाद भुसाल र उपप्रमुखमा माओवादीबाट ठाकुर विकलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

एमालेले प्रमुखमा कृष्णप्रसाद श्रेष्ठ र उपप्रमुखमा ईश्वरा पोख्रेललाई उम्मेदवार बनाएको छ । नयाँ शक्तिले प्रमुखमा यमुना भुसाल र उपप्रमुखमा टोपबहादुर बराल, राष्ट्रिय जनमोर्चाले प्रमुखमा कल्पना पोख्रेल र उपप्रमुखमा पशुपति ढकाललाइ उम्मेदवार बनाएको छ ।

शितगङ्गा नगरपालिकामा काँग्रेसबाट प्रमुखमा सूर्य अधिकारी, उपप्रमुखमा माओवादी केन्द्रबाट टीका रेश्मीलाई उठाउने सहमति भएको छ । एमालेबाट प्रमुखमा वसन्त श्रेष्ठ र उपप्रमुखमा गीता भाटले उम्मेदवारी दर्ता गर्दैछन् ।

भूमिकास्थान नगरपालिकामा प्रमुखमा माओवादीबाट रेशम थापा र उपप्रमुखमा काँग्रेसबाट खडानन्द बेल्वासेले उम्मेदवारी दर्ता गर्दैछन् । एमालेबाट प्रमुखमा पीताम्बर भुसाल र उपप्रमुखमा सुनिता बेल्वासे उठ्ने एमालेले निर्णय गरेको छ । राष्ट्रिय जनमोर्चाबाट प्रमुखमा कविराम खनाल र उपप्रमुखमा शकुन्तला थापा उम्मेदवार बनेका छन् । नयाँ शक्तिबाट प्रेम बन्जाडे प्रमुखको उम्मेदवार बनेका छन् ।

मालारानी गाउँपालिकामा प्रमुखमा माओवादीबाट पद्म क्षेत्री र उपप्रमुखमा एमालेबाट शान्ता खनालले उम्मेदवारी दर्ता गर्दैछन् । एमालेबाट प्रमुख बालकृष्ण आचार्य र उपप्रमुखमा प्रमिला क्षेत्री उम्मेदवार बन्ने निर्णय भएको छ ।

पाणिनी गाउँपालिकामा काँग्रेसबाट अच्युत गौतम र उपप्रमुखमा अम्विका पोख्रेल, एमालेबाट प्रमुखमा जीवनारायण कोइराला र उपप्रमुखमा लक्ष्मी गौतम उठ्ने निर्णय भएको छ । माओवादीबाट प्रमुख जाकिर हुसैन र उपप्रमुखमा विमला घिमिरे उठ्दै छन् ।

छत्रदेव गाउँपालिकामा काँग्रेसबाट प्रमुखमा लेखनाथ पोख्रेल, उपप्रमुखमा तुलसादेवी श्रेष्ठ, एमालेबाट प्रमुखमा ऋषि अधिकारी र उपप्रमुख मनिषा पन्थी, माओवादीबाट प्रमुखमा प्रकाश ज्ञवाली र उपप्रमुखमा शारदा रायमाझी उठ्दै छन् ।

वि.सं.२०७४ असार ४ आइतवार ०९:१९ मा प्रकाशित

स्थानीय तहलाई एक वर्षभित्र अधुरा काम सक्न गाउँपालिका राष्ट्रिय महासंघको आग्रह

स्थानीय तहलाई एक वर्षभित्र अधुरा काम सक्न गाउँपालिका राष्ट्रिय महासंघको आग्रह

पाल्पा । गाउँपालिका राष्ट्रिय महासंघ नेपालले स्थानीय सरकारको जनप्रतिनिधिविहीन दोस्रो...

पीडितमैत्री यौन हिंसा कानुन बनाउन सरकार लागिपरेको छः सचिव ढुङ्गाना

पीडितमैत्री यौन हिंसा कानुन बनाउन सरकार लागिपरेको छः सचिव ढुङ्गाना

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्वर...

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन अध्यक्ष घिसिङको माग

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन अध्यक्ष घिसिङको माग

कर्णाली । उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले पेट्रोलियम...

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले...