back
CTIZAN AD

रुपन्देहीमा उम्मेदवारी दर्ता उत्साहजनक

वि.सं.२०७४ असार ४ आइतवार

624 

shares

manonaen

बुटवल, ४ असार । स्थानीय तहको यही असार १४ गते हुने निर्वाचनका लागि रुपन्देहीका अधिकांश स्थानीय तहमा आज बिहानैदेखि उम्मेदवारी मनोनयन सुरु भएको छ ।
जिल्लाको एक मात्रै बुटवल उपमहानगरपालिकामा अपराह्नसम्ममा विभिन्न राजनीतिक दल र स्वतन्त्रसहित नौ जनाले नगर प्रमुखमा र पाँच जनाले उपप्रमुखमा उम्मेदवारी दर्ता गराइसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उपमहानगरपालिकामा अपराह्नसम्ममा राष्ट्रिय जनमुक्ति पार्टीबाट जनकबहादुर थापा, नेपाल मजदुर किसान पार्टीबाट हरिसुन्दर बासी, नेकपा (एमाले)बाट शिवराज सुवेदी, नेपाली काँग्रेसबाट खेलराज पाण्डे र मधेसी जनाधिकार फोरम नेपाल(लोकतान्त्रिक)बाट लोकनाथ पाण्डेले दलीय रुपमा उम्मेदवारी दर्ता गराउनुभएको छ । यस्तै नगरप्रमुख प्रमुखमा होमबहादुर गलामी, रामप्रसाद पोखरेल, शान्तवीर वज्राचार्य र ऋषिराम काफ्लेलेस्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ ।
उपप्रमुखमा नेकपा (एमाले)का तर्फबाट गुमादेवी (गोमा) आचार्य र जनमुक्ति पार्टीबाट धनी आलेले दलीय रुपमा तथा शान्ता खनाल, मञ्जु खड्का र ङनबहादुर दर्जीले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन कार्यालयले जनाएको छ ।

दलका उम्मेदवारहरु आफ्ना उम्मेदवारी दर्ता गर्न बाजागाजा र जुलुससहित पुगेका थिए । उनीहरुले बजार परिक्रमा गरेर नगरपालिकामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेका थिए ।

यस्तै रुपन्देहीको सबैभन्दा ठूलो नगरपालिका तिलोत्तमा, सिद्धार्थनगर, देवदह, सैनामैना र लुम्बिनी सांस्कृतिक नगरपालिकामा समेत मनोनयन दर्ता उत्साहपूर्वक भइरहेको निर्वाचन अधिकृतले जानकारी दिनुभयो । रुपन्देहीको दक्षिणी क्षेत्रमा पनि मनोनयन सुरु भएको प्रजिअ विनोदप्रकाश सिंहले जानकारी दिनुभयो । जिल्लाका कुनै पनि मतदान क्षेत्रमा मनोनयन दर्तामा कुनै समस्या नभएको र उम्मेदवारी मनोनयनप्रति उत्साहजनक सहभागिता देखिएको जानकारी उहाँले दिनुभयो ।

राजपाका नेता स्वतन्त्रबाट
निर्वाचन बहिष्कारसहित आन्दोलनमा उत्रिएको राष्ट्रिय जनता पार्टीले पनि लुम्बिनी सांस्कृतिक नगरपालिका, सिद्धार्थनगर नगरपालिका सहितका नौ वटा स्थानीय तहमा स्वतन्त्र रुपमा मनोनयन दर्ता गरेका छन् ।

सिद्धार्थनगरमा स्वतन्त्र उम्मेदवारी दर्ता गर्नुभएका राजपाका जिल्ला नेता रामअवध गुप्ताले जनताले आन्दोलनभन्दा पनि निर्वाचन चाहेकाले जनभावनानुरुप आफूहरुले उम्मेदवारी दर्ता गरेको बताउनुभयो ।
रुपन्देहीमा उपमहानगरपालिकासँगै पाँच नगरपालिका र १० गाउँपालिका छन् । यहाँ चार लाख ६२ हजार ५४६ मतदाता छन् । तीमध्ये पुरुष दुई लाख ४० हजार ४३०, महिला दुई लाख २२ हजार १११ र तेस्रोलिङ्गी पाँच रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

वि.सं.२०७४ असार ४ आइतवार ०९:०८ मा प्रकाशित

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

गलकोट (बागलुङ) । यहाँको ताराखोला गाउँपालिकामा उत्पादित चियाले गुणस्तरमा नयाँ...

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

मुस्ताङ । पोखरा–जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो क्रममा रहेको...

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीका २६ वर्षीय सनम...

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

काठमाडौँ । विश्व कीर्तिमानी सगरमाथा आरोही बाबुछिरी शेर्पाको २५औँ स्मृति...

जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि

जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि

काठमाडौँ । जतिबेला समाजमा कुनै प्रगतिशील काम हुन थाल्छन् वा...

धानखोला-लमही सडकखण्ड स्तरोन्नति थालियो

धानखोला-लमही सडकखण्ड स्तरोन्नति थालियो

काठमाडौँ । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिए) नेपालले आज पूर्व–पश्चिम राजमार्गको...