
४ असार, काठमाडौँ । राष्ट्रिय चलचित्र विकास बोर्डले छक्का पञ्जालाई यो वर्षको उत्कृष्ट चलचित्रको अवार्ड हात पारेको छ । दीपाश्री निरौला निर्देशित छक्का पन्जाले उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक, उत्कृष्ट नायिका र उत्कृष्ट ष्हाँस्यकलाकारको अवार्ड पाएको छ । छक्का पञ्जाबाट नै नायिका प्रियंका कार्कीले उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारेकी छन् ।
यसै गरी पुरानो डुङ्गाले उत्कृष्ट संगीतकार, उत्कृष्ट छायाँकार, उत्कृष्ट पटकथा, उत्कृष्ट सह–अभिनेत्री र उत्कृष्ट सहअभिनेताको अवार्ड हात जितेका छ यस्तै चलचित्र जात्राले उत्कृष्ट अभिनेता, उत्कृष्ट सम्पादन तथा
उत्कृष्ट पुनः ध्वनी सम्पादनको अवार्ड जित्यो ।
राष्ट्रिय चलचित्र अवार्ड २०७३ मा प्रदान गरिएका अवार्ड र कलाकारहरु :
उत्कृष्ट चलचित्र– छक्का पन्जा
उत्कृष्ट निर्देशक– दीपाश्री निरौला, छक्का पन्जा
उत्कृष्ट अभिनेता– विपिन कार्की, जात्रा
उत्कृष्टअभिनेत्री– प्रियंका कार्की, छक्का पन्जा
उत्कृष्ट सह–अभिनेता– माउत्से गुरुङ, पुरानो डुङ्गा
उत्कृष्ट सह–अभिनेत्री– मेनुका प्रधान, पुरानो डुङ्गा
उत्कृष्ट नवअभिनेता– आयुस्मान देसराज जोशी, चपली हाइट २
उत्कृष्ट नव–अभिनेत्री– सृष्टि श्रेष्ठ, गाजलु
उत्कृष्ट हास्यकलाकार– केदार घिमिरे, छक्का पन्जा
उत्कृष्ट पटकथा लेखक– रामबाबु गुरुङ र उपेन्द्र सुब्बा– पुरानो डुङ्गा
उत्कृष्ट छायाँकार– सैलेन्दै डी। कार्की, पुरानो डुङ्गा
उत्कृष्ट सम्पादक– मित्र गुरुङ, जात्रा
उत्कृष्ट संगीतकार– काली प्रसाद बाँस्कोटा, निर जहिले रिसाउने (पुरानो डुंगा)
उत्कृष्ट पाश्र्व गायन– मीना निरौला, ठमेल बजार, लूट २
उत्कृष्ट नृत्य निर्देशक– विक्रम स्वाँर, ठमेल बजार , लूट २
उत्कृष्ट निर्देशक– रोशन श्रेष्ठ, किङ्ग उत्कृष्ट पुनः ध्वनी सम्पादन पुरस्कार –मनोजराज भण्डारी, जात्रा उत्कृष्ट पाश्र्व संगीत– ईमान विक्रम शाह, चपली हाईट २
वि.सं.२०७४ असार ४ आइतवार ०८:३५ मा प्रकाशित