४ असार काठमाडौँ । च्याम्पियन्स ट्रफकिो फाईनलमा चिरपरिचीत कट्टर प्रतिदन्द्धी भारत र पाकिस्तान भिड्दै छन् । लण्डन स्थित ओभल क्रिकेट मैदानमा हुने यो खेल निकै रोमाञ्क हुने अनुमान गरिएको छ । भारत तथा पाकिस्तान एक अर्काका कट्टर दुश्मन मानिन्छन् । तसर्थ पाकिस्तान तथा भारत बीचको क्रिकेटलाई एउटा खेल भन्दा पनि क्रिकेट सर्मथक हरुबीचको युद्धको रुपमा लिने समेत गरिन्छ । पाकिस्तान तथा भारतका क्रिकेट सर्मथकले यसै खेलमा लाखौँको बाजी समेत लगाउने गरेको पाईन्छ ।
प्रतियोगितामा निकै राम्रो ब्याटिङ गरेको भारतको पाकिस्तानलाई हराउने मुख्य हतियार समेत ब्याटिङ हो । भारतले च्याम्पियन्स ट्रफीमा पहिला ब्याटिङ गरेको खेलमा औसत ३०० भन्दा राम्रो रन बनाएको छ । भारतका लागि कप्तान बिराट कोहली, शिखर धवन, रोहित शर्माले प्रतियोगितामै उत्कृष्ट ब्याटिङ गर्दै आएका छन् । भारतले सेमिफाइनलमा बङलादेशलाई हराएर फाइनल प्रवेश गरेको थियो । यसै गरि पाकिस्तानले प्रतियोगितामा उत्कृष्ट बलिङ गरेको छ ।उसले उपाधिको दावेदार मानिएको इङल्यान्डलाई उत्कृष्ट बलिङ गदै हराएर सनसनी मच्चाउदै फाइनल पुगेको थियो ।
वि.सं.२०७४ असार ४ आइतवार ०७:४९ मा प्रकाशित