
इजरायलमा रहेका नेपालीहरुले इजरायलको सडकमा नेपाल प्रबद्र्धन गरेका छन् । मिनी इजरायल भनिने प्यालेष्टाइनमा पर्ने बेथलहेम, जेरुसलेमको कोटेलको ऐतिहासिक ठाउँहरुको भ्रमण गरेको थियो । उक्त टोलिले जिससक्राइस्ट जम्मिएको ठाउँ बेथलहेम, अवसान भएको ठाँउ कोटेल र इजरायलमा भएका प्राकृतिक र कृत्रिम तरिकाले बनाएको पर्यटकीय स्थलहरुको सम्पूर्ण नमुनाहरु राखिएको ठाउँहरुको भ्रमण गरेको थियो । इजरायलका लागि पर्यटन तथा साँस्कृतिक सद्भावना दूत रहेकी भगवती बस्नेतको अगुवाईमा उक्त भ्रमण गरिएको हो ।
भ्रमणमा निस्किएको बसमा त्यहाँका ठाउँहरु हेर्नुका साथै नेपालमा पर्यटक भित्र्याउनका लागि ‘प्लिज भिजिट नेपाल’ नारा लेखिएको थियो भने नेपालको पर्यटकीय स्थलहरु चिनाउने खालका ब्यानर राखेर हाइफादेखि जेरुसलेंम सम्म पुगेर त्यहाँ भेटिएका मानिसहरुलाई पनि नेपालको बारेमा जानकारी दिने काम भएको पर्यटन सद्भावना दूत बस्नेतले जानकारी दिइन । नेपाली झन्डा बोकेर हिड्दा देश भक्ति इजरायलीहरुले हामीलाई पनि निक्कै सम्मानका साथ हेरेको र भ्रमण निक्कै सार्थक रहेको उनको भनाई छ ।

वि.सं.२०७४ असार ४ आइतवार ०६:४३ मा प्रकाशित



























