back
CTIZAN AD

मेलाले कृषि उपज बजारीकरण गर्न सहज

वि.सं.२०८३ वैशाख २७ आइतवार

354 

shares

काभ्रेपलाञ्चोक । काभ्रेको पाँचखाल नगरपालिकाले ‘कृषि–सहर’को नारालाई सार्थकता दिन कृषि उपजको प्रवद्र्धन गर्ने उद्देश्यले दुईदिने कृषि मेलाको आयोजना गरेको छ ।

नगर कार्यालयले लवग्रिन नेपालसँगको सहकार्यमा आयोजना गरेको सो मेलामा करिब २० हजारले अवलोकन गरेको बताइएको छ ।

नगरले लवग्रिनसँग समन्वय गरी आयोजित मेलामा कृषि क्षेत्रमा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्य छ । उक्त मेलामा आइपीएम प्रविधिबाट उत्पादन भएका कृषि उपजको प्रदर्शनी तथा बिक्री, बाली शिविर सञ्चालन, कृषि उपजको प्रतिस्पर्धात्मक कार्यक्रमसेमत सञ्चालन गरिएको थियो । मेलाको नगरप्रमुख महेश खरेलले शुक्रबार उद्घाटन गरेका थिए ।

सो अवसरमा नगरप्रमुख खरेलले पाँचखाल नगर कृषि सहर भएकाले यहाँको तरकारीमा न्यून विषादीमा रहेको तर्क गरे । उनले भने, “पाँचखालको तरकारीमा अत्यधिक विषादी भएको भनेर हल्ला चलाइए पनि केही वर्षदेखि पाँचखालको तरकारी सेमी अर्गानिक भएको छ, विषादीको भ्रम चिर्न हामीले अर्गानिकमा जोडबल गरिरहेका छौँ ।”

उनले लवग्रिन नेपालसँगको सहकार्यमा पाँचखालमा एक हजार २०० भन्दा बढी किसानलाई एकीकृत शत्रु जीव व्यवस्थापन (आइपिएम) पद्धतिबाट तरकारीखेती गर्न तालिम प्रदान गरिएको र उक्त प्रविधिमार्फत तरकारी अर्गानिकतर्फ गएको बताए ।

पाँचखालमा किसानकै अगुवाइमा साप्ताहिक कृषि हाटबजार सुरु गर्न आग्रह गरिरहेका छन् । ‘किसानको मागलाई सम्बोधन गर्न नगरपालिका तयार छ’, नगरप्रमुख खरेलले भने । लवग्रिन नेपालले विगत नौ वर्षदेखि किसानलाई आइपिएमसम्बन्धी तालिम दिँदै आएको छ । उसले तालिममार्फत स्वस्थ तथा सुरक्षित कृषि उत्पादनलाई प्रोत्साहन गर्दै मानव स्वास्थ्य संरक्षण, उत्पादन वृद्धि र किसानको आम्दानी अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको संस्थाका कार्यकारी निर्देशक नारायण ज्ञवालीले बताए ।

कृषि मेलमा बाली शिविर सञ्चालन, रैथाने उत्पादनको प्रदर्शनी तथा बिक्री, कृषि उपजको प्रतिस्पर्धात्मक कार्यक्रम, कृषक र कृषक समूहसँग प्रत्यक्ष संवाद, आइपिएम पद्धतिद्धारा उत्पादित कृषि उपजको प्रदर्शनी तथा बिक्री एवं पाँचखालमा उत्पादित आलुलगायत अन्य उपजको परिकारलगायत प्रदर्शनी–बिक्रीमा राखिएको छ ।

वि.सं.२०८३ वैशाख २७ आइतवार १४:०८ मा प्रकाशित

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आजे...

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देही । ओमसतिया गाउँपालिका २ सरस्वती टोलस्थित सडकमा भैरहवाबाट बुटवलतर्फ...

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी...

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आम सर्वसाधारणलाई वित्तीय सचेतना...

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याजविरुद्ध आन्दोलनरत किसान–मजदुरले सरकारसँग वार्ताका लागि ६ सदस्यीय वार्ता समिति...